बाजुराको समग्र विकासका लागि सक्दो प्रयास गरिरहेको छु : सहमहामन्त्री पाण्डे

बाजुराको समग्र विकासका लागि सक्दो प्रयास गरिरहेको छु : सहमहामन्त्री पाण्डे

बाजुरा : नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री बद्री प्रशाद पाण्डेले बाजुराको विकासका लागि भरपुर प्रयास गरिरहेको बताएका छन् । बुधबार  नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासा्हरुको जवाफ दिँदै पाण्डेले यस्तो बताएका हुन् ।

पाण्डेले बाजुराको समग्र विकासका लागि विभिन्न मन्त्रालय र बिभागहरुमा निरन्तर धाइरहेको बताए । सरकार फेरबदलका कारण यो आर्थिक वर्ष उपलब्धिमूलक नभएको पाण्डेको भनाई थियो । यो आर्थिक वर्षलाई आफ्नो सिकाई वर्षका रुपमा लिएको पनि उनले बताएका छन् । फरक प्रशङ्गमा राष्ट्रिय राजनीतिको विषयमा बोल्दै पाण्डेले सुन तस्करीको छानबिनका लागि उच्च स्तरीय छानबिन समिति बनाउनुको पछाडि गरेका प्रतिबद्धताहरु पुरा गरेरै छोड्ने दावी गरेका छन् । नेता पाण्डेले सञ्जिव र चेतन अयडीको बिषयमा बाल्दै दुवैले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको बताए  । सञ्जिवको न्यायका लागि कांग्रेस किन चुप छ ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्। दाेषिलाई  कारवाही हुनुपर्ने र निर्दोष फस्नुहुँदैन भन्ने आफ्नो मान्यता रहेको पाण्डेको भनाई थियो ।

कार्यकालको एक वर्ष पनि नबित्दै अव केही गर्न सक्दैनन् भनेर अपवाह हल्ला नफैलाउन पनि पाण्डेले आग्रह गरेका छन् । काम गर्दै जाँदा कमिकमजोरी हुन्छ, निराश बनाउने र निराश भैहाल्नुपर्ने केही छैन, अहिले भरखरै त्रैमासिक  परिक्षा मात्र भएको छ,यो सिकाई हो, पाण्डेले भने, अब आउने परिक्षामा राम्रो अंक ल्याएर पास हुन्छ भन्ने कुरामा ढुक्क हुनुस, डिस्टिक्सन ल्याउने कुरामा अहिले नै फेल भएको छैन । विगतको भन्दा फरक पक्कै हुनेछ, बाजुराका जनताले साच्चिकै विकासको अनुभुती गर्न पाउनेछन् , जिल्लाको विकासमा मात्रै बोल्नुपर्छ भन्ने छैन, देशको विषयमा बोल्दै गर्दा जिल्ला पनि देश भित्रै पर्ने हो पाण्डेले थपे,

सञ्चारकर्मीहरुले  जिल्लाको समसामयिक विषयमा राखेका प्रश्नहरुको समग्रमा जवाफ दिँदै पाण्डेले आफ्नो पाँच वर्षीय कार्यकालमा जनताले प्रश्न नउठाउने गरि काम गर्ने दाबि गरेका छन् । आफुले सेती लोकमार्गको विषयमा पनि पटक पटक पहल गरिरहेको बताउदै यो आर्थिक वर्षमा बजेट अभावले कम बजेट बिनियोजन भएपनि आगामी आर्थिक वर्षमा थप हुने प्रतिनिधि सभा सदस्य समेत रहेका पाण्डेले  बताए । आगामी पाँच वर्ष निरन्तर जिल्लाका समास्या संग केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता समेत पाण्डेले जनाएका छन् ।

नेता  पाण्डे यतिबेला पार्टीको आन्तरिक बिशेष  अभियानका रुपमा गृह जिल्ला भ्रमणमा छन् । पाण्डे संगै केन्द्रिय प्रतिनिधिका रुपमा खटाइएका केन्द्रिय सदस्य नृप वड पनि बाजुरा आएका छन् । सोही अवसरमा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका कार्यवाहक अध्यक्ष जय बहादुर रावतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको  प्रमुख अथिती प्रतिनिधी सभाका बद्री प्रशाद पाण्डे रहेका छन् । कार्यक्रममा बिशिस्ट अथिती नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप वड, जिल्ला कार्य समिति बाजुराका सभापति रामसिंह रावल, प्रदेश सभा (ख)  का सदस्य पदम बहादुर शाही, समानुपातिक प्रदेश सभा सदस्य महिला नेतृ जुना दानी,लगायत जिल्ला स्थित सम्पुर्ण सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *