नेबिसंघको असन्तुष्टि पक्षले भोलि समानान्तर केन्द्रीय कार्यसमिति घोषणा गर्दै

नेबिसंघको असन्तुष्टि पक्षले भोलि समानान्तर केन्द्रीय कार्यसमिति घोषणा गर्दै

काठमाडौं : नेपाल विद्यार्थी संघको ७११ सदस्यीय जम्बो कार्यसमिति बनाइए पनि नेपाली कांग्रेसमा असन्तुष्टि मत्थर हुनुको सट्टा बढ्दो छ ।

सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पा नेतृत्वको नेविसंघमा ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । तर नेविसंघको इतिहासमै सबैभन्दा ठूलो कार्यसमिति बने पनि कांग्रेसमा विवाद झन् बढेको छ । नेपाल विद्यार्थी संघ भित्रको  असन्तुष्टि पक्षले समानान्तर समिती गठन गर्ने भएको छ ।

हिजो विद्यार्थीका सारथि भएका, विश्वविद्यालयमा गहन रुपमा काम गरेका, आन्दोलनको नेतृत्व गरेकाहरुलाई छुटाएर बनाइएको समितिको औचित्य नहुने नेपाल विद्यार्थी संघका नेता बिनोद शाहीले बताए ।

शाहीले बिधान बिपरित बनेको तदर्थ समितिको कुनै औचित्य नरहेकोले आफुहरु बिधान सम्मत केन्द्रीय समिति घोषणा गर्ने अभियान सुरु गरेको बताए ।

साउन २४ गते बुधबार भोली पार्टी केन्द्रीय कार्यालय सानेपामा बृहत विद्यार्थी भेला तथा बिधान सम्मत नेबिसंघ केन्द्रीय कार्यसमिति घोषणा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *