काङ्ग्रेस अछामको “विशेष आन्तरिक अभियान“ मंगलसैन बाट सुरु

काङ्ग्रेस अछामको “विशेष आन्तरिक अभियान“ मंगलसैन बाट सुरु

अछाम : पार्टीको आन्तरिक सांगठनिक मजबुद बनाउन नेपाली कांग्रेसले देशैभर “विशेष आन्तरिक अभियान“ सुरु गरेको छ । पार्टीको संगठन बलियो बनाई क्रियाशिल र चलायमान बनाउन कांग्रेस केन्द्रीय समितीको बेठकले गरेको निर्णय बमोजिम देशभर एकसाथ अभियान सुरु गरेको हो ।

“विशेष आन्तरिक अभियान“ २०–३० श्रावण, २०८० नाम दिएको सो अभियान अन्तर्गत नेपाली कांग्रेस अछामले सोमबार जिल्ला सदरमुकाकम मंगलसैनमा अन्तरक्रिया गरेको छ ।

अछाममा अभियान साउन २२ गतेदेखि ३२ गतेसम्म सञ्चालन हुनेछ । केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, वडा र टोलटोलमा बिभिन्न कार्यक्रम हुनेछन् ।

जिल्ला स्थित सम्पुर्ण नेता तथा कार्यकर्ताकाे सहभागीमा घनीभूत छलफल तथा अन्तरक्रिया भएको हाे ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस कार्यकर्ताले पार्टी भित्र भइरहेको आन्तरिक गुटबन्दीको अन्त्य हुनुपर्ने , पार्टी बाट निर्वाचित जनप्रतिनिधिको पार्टी संग समन्वय सहकार्य संगै आम कार्यकर्ता संगको दुरि नजिक हुनुपर्ने बताएका थिए ।

पार्टीको सुदृढीकरणका लागि यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो

अभियानको समयमा जिल्ला स्तरमा जिल्ला समिति क्षेत्रीय समिति, प्रदेश समिति, पालिका तथा वडा समितिहरुले गर्ने कार्यहरुको बारेमा छलफल समेत भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रतिनिधी सुशिला भट्ट मिश्र प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने बताउनुभयो ।पार्टीको सुदृढीकरणका लागि यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनुभयो

कार्यक्रममा सुदुरपश्चिम प्रदेश महामन्त्री अम्बिका चलाउनेले  विशिष्ट अतिथिको रुपमा बोल्दै पार्टीको विधानले निर्दिष्ट गरेका जिम्मेवारी अनुसार नेता कार्यकर्ताले आफ्नो आफ्नो ठाउँमा काम गर्ने हो भने पार्टीलाई जीवन्त राख्न सकिने बताउनु भयो । काङ्ग्रेस भित्र नेता सुध्रिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य रुपा आउजी ,महासमिति सदस्य  सदस्य बलबहादुर कुवर,पदमराज अधिकारी ,अर्जुन ताम्राकार ,भगवती खनाल ,भुमिशरण ढकाल बजगाइ,सुरत बिष्ट लगायत महाधिबेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्य पार्टीका क्षेत्रीय सभापती एवं प्रदेश समितिका पदाधिकारी, भातृ संघ संगठनका प्रतिनिधि सहित पार्टीका अन्य नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

पार्टी सचिव प्रकाश साउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पार्टी सहसचिव दिनेश स्वारले गर्नुभएको थियो ।

आन्तरिक अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन हुने केन्द्रिय सदस्य संग्रौलाले जानकारी दिइन् । कांग्रेसले यो वर्ष देशभर ५ लाखदेखि ७ लाखसम्म सदस्य पार्टीमा थप गर्ने निति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *