अछाम जिल्ला सहायक प्रजिअ र प्रशासकीय अधिकृत बिहिन बनेपछि सेवा प्रवाहमा समस्या

अछाम जिल्ला सहायक प्रजिअ र प्रशासकीय अधिकृत बिहिन बनेपछि सेवा प्रवाहमा समस्या

सुशील भण्डारी ,साउन २२ अछाम : जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको     छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन बनेपछि सेवा प्रवाहमा समस्या देखिएको हो । जिल्ला प्रशासन कार्यालयमा अछाममा दरबन्दी बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी बिगत देखि अहिलेसम्म पनि कार्यरत छैनन् भने  बिगत तीन महिना देखी प्रशासकिय अधिकृत समेत नहुदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दुई वटा प्रशासकीय अधिकृतको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय अछाममा जेठ १ गते प्रशासकीय अधिकृत मिनराज आचार्यको सरुवा भएपछि आचार्य जेठ २८ गते आफ्नो सरुवा भएको ठाउँ त्रिभुवन बिमानस्थल अध्यागमन कार्यालय काठमाडौं जानुभयो । काजको रूपमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा जेठ २८ गते देखि असार ८ गतेसम्म कामकाज गरेर अछाम प्रशासन बाट फर्किनु भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाजुराका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेना असार १० गते बाट साउन १ गतेसम्म कामकाज गरेर बाजुरा फर्के पछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय साउन ३ गते देखि काजको रूपमा जिल्ला प्रशासन कार्यालयमा काम गरिरहनुभएको छ । कार्यालयमा २२ जना कर्मचारीको दरबन्दी मध्ये ९ जना कर्मचारी रिक्त छन् । दरबन्दी अनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी , दुइजना प्रशासकीय अधिकृत हुनु पर्ने भए पनी कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन हुन पुगेका छन् । त्यस्तै ५ जना नायब सुब्बाको दरबन्दीमा २ जना मात्रै छन् भने ३ जना खरिदारको दरबन्दीमा २ जना र  २ जना  कम्प्युटर अपरेटरको दरबन्दीमा करारमा  कर्मचारी काम गरिरहेका छन् । यो भन्दा पहिले कार्यरत दुई जना प्रशासकीय अधिकृत मध्ये एक दिपेश रिजालको २०७९ माघ ४ गते र मिनराज आचार्यको जेठ १ गते सरुवा भएको थियो । सरुवा पश्चात् उनिहरु सम्बन्धि कार्यालयमा गइसकेकाछन । असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत  राम प्रसाद शर्मा र यादब भण्डारीको जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा गरेको थियो । प्रशासकीय अधिकृत  भण्डारी र शर्मा सरुवा भएको महिनौं पुग्दा समेत पनि जिल्ला प्रशासन कार्यालय अछाममा नआएर सिंहदरबार बाटै हराएका छन् । पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा  मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न मान्दैन्न । कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो । एउटा इलाका प्रशासन कार्यालय रहेको भएको बिनायकमा पनि  इलाका प्रशासन कार्यालयका कर्मचारीले जिल्ला प्रशासनमा कामकाज गर्न थालेपछि इलाका प्रशासन कार्यालय कार्यालय सहयोगीले चलाइ रहेकाछन । अछाम जिल्लामा प्रमुख जिल्ला अधिकारी सहसचिवको दरबन्दी हो । हालका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानको तिन महीना नपुग्दै गृहमन्त्रालय सरुवा भएको छ । अछाममा प्रजिअका रुपमा मोरङका सहायक प्रजिअ शरद कुमार पोखरेलको सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *