राष्ट्रिय युवा परिषदको बोर्ड सदस्यमा बिनोद शाही नियुक्त

राष्ट्रिय युवा परिषदको बोर्ड सदस्यमा बिनोद शाही नियुक्त

राष्ट्रिय युवा परिषदको बोर्ड सदस्य पदमा बिनोद शाही नियुक्त भएकाछन् । दैलेख जिल्ला चामुण्डा बिन्द्रासैनी
नगरपालिका ६ निवासी शाही लाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मन्त्रीस्तरीय सिंहदरवारको निर्णय अनुसार राष्ट्रिय युवा परिषदको बोर्ड सदस्य पदमा मनोनयन गरिएको हो ।

ने वि संघका प्रभावशाली नेता,काउन्सिल सभापति युवा माझ चर्चित ब्याक्ती शाहीले आज नै सपथ ग्रहण गरिसकेका छन् । रिक्त रहेको दुई जना बोर्ड सदस्यमा बिनोद शाही र जनि कुमारी लाई मनोनीत गरिएको थियो ।

सडक मिडिया संग कुरा गर्दै नव नियुक्त राष्ट्रिय परिषद सदस्य  शाहीले यसपालिको अन्तर्राष्ट्रिय युवा दिवस उत्साहका साथ मनाइने बताए ।

राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिने बताए । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्ने समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *