जनतालाई दास बनाउन बीपीको नाम लिनु पाप हो : चन्द्र भण्डारी

जनतालाई दास बनाउन बीपीको नाम लिनु पाप हो : चन्द्र भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जनतालाई दास बनाउन बीपीको नाम लिनु पाप भएको बताएका छन् ।

बीपी स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले लोकतन्त्र भनेको लुटतन्त्र हो ? भन्दै प्रश्न गरे ।

“दास बनाउन बीपीको नाम लिनु पाप हो । मुलुक कसले बनाउने ? यो लोकतन्त्र लुटतन्त्र हो ? सत्ता भ्रष्टाचार हो ?,” उनले भने, “हामी आन्दोलन गर्न जान्यौँ, सत्ता चलाउन जानेनौँ ।”

उनले कांग्रेसको जारी केन्द्रीय समिति बैठक आरोप–प्रत्यारोमा व्यस्त भएको बताए । जनताका एजेन्डाको विषयमा छलफल नभएको उनको टिप्पणी छ ।

“समाजको एजेन्डा के छ ? के खोजेको छ, त्यो कुरा सुन्नुपर्यो,” उनी भन्छन्, “अब राजनीतिमा राम्रो नगरेर यो जागिर पनि जान्छ ।”

उनले पदाधिकारीहरुलाई भाषण गरेर नहुने भन्दै काम गर्न आग्रह गरे ।

“एजेन्डा तय गर्नुहोस्, मिटिङ राख्नुहोस्, युवा पदाधिकारीहरू गएर शेरबहादुरजीलाई भन्नुहोस् । भाषण गरेर उत्तर दिएर हुँदैन, काम गर्नुपर्छ,” भण्डारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *