बि•पि कोइरालाको ४१ औं  स्मृति दिवस को उपलक्ष्यमा तरुण दल अछामद्वारा बिरामी हरुलाइ फलफुल बितरण

बि•पि कोइरालाको ४१ औं  स्मृति दिवस को उपलक्ष्यमा तरुण दल अछामद्वारा बिरामी हरुलाइ फलफुल बितरण

नेपाल तरुण दल अछामको आयोजनामा फलफुल बितरण गरिएको छ ।

जननायक स्वर्गीय  वि • पि कोइरालाको ४१ औं  स्मृति दिवस को उपलक्ष्यमा जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामी हरुलाइ फलफुल बितरण गरिएको हो  ।

फलफूल बितरण पश्चात्  तरुण दल अछामका अध्यक्ष रमेश बिष्टको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेस अछाम कार्यवाहक सभापति नयाँराम बजगाइ,महासमिति सदस्य पदमराज अधिकारी काङ्ग्रेस नेता बसन्त भाट लगायतले बीपीले देखाएको देश र जनतालाई सर्वाेपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले आत्मसात गरे मात्र बीपीप्रति सच्चा सम्मान हुने बताएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी ,पुर्णा शाह, पार्टी प्रबक्ता पदम शाह,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश ख का उपसभापति रामचन्द्र ढुंगाना ,प्रदेश प्रतिनिधि अमृता उपाध्याय, जिल्ला अस्पताल अछामका डाक्टर भुवन जिसि,प्रेम ढुंगाना लगायतको उपस्तिथि रहेकोे थियो । कार्यक्रमको संचालन राम प्रसाद भाटले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *