बि•पि कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेबिसंघ अछाम द्वारा बयालपाटामा वृक्षारोपण

बि•पि कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेबिसंघ अछाम द्वारा बयालपाटामा वृक्षारोपण

नेपाल विद्यार्थी संघ अछामको आयोजनामा वृक्षारोपण गरिएको छ ।

जननायक स्वर्गीय वि • पि कोइरालाको ४१ औं स्मृति दिवस को उपलक्ष्यमा बयालपाटा अस्पताल परिसरमा वृक्षारोपण गरिएको हो ।

नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष उमेश कुवरको नेतृत्वमा बयालपाटा अस्पतालमा विभिन्न प्रजातिका बिरुवा हरु रोपिएको थियो ।

वृक्षरोपण कार्यक्रममा बयालपाटा अस्पतालका डाक्टर मन्दिप पाठक ,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सचिव पुर्ण बिक ,नेपाली काङ्ग्रेसका नेता हिक्मत कडायत,अनिक रैगाइ,नेपाल प्रेस युनियन अछामका सचिव तारामान खड्का लगायतको उपस्तिथि रहेकोे थियो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विक्रम सम्वत् १९७१ साल भदौ २४ गते जन्म भएको थियो भने विसं २०३९ साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई बिपी स्मृति दिवसका रूपमा वृक्षरोपणलगायत विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।

विसं २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका कांग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *