श्री गोरख बक्स गणद्बारा ४ दिने राष्ट्रिय सेवा दल रिफ्रेसर तालिम सम्पन्न

श्री गोरख बक्स गणद्बारा ४ दिने राष्ट्रिय सेवा दल रिफ्रेसर तालिम सम्पन्न

अछाम : ४ दिने  विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी अभ्यास सम्पन्न भएको छ । राष्ट्रिय सेवा दल (NCC) तालिमप्राप्त अछाम जिल्ला  NCC Alumni Association कार्य समितिमा भएका  १४  जना प्रशिक्षार्थीहरुलाई सहभागि गराई स्थानिय स्तरमा बिभिन्न विपद् प्रतिकार्य तथा विशुद्ध  सामाजिक कार्यहरुका स्वयंम् सेवकको रुपमा परिचालित गर्ने हेतुले अछाम जिल्ला मंगलसेन नगरपालिका वडा  नं.५ स्थित श्री गोरख बक्स गण हाताभित्र मिति २०८०।०३।२४ गतेदेखि असार २७ गतेसम्म विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी अभ्यास संचालन गरिएको थियो ।

बिगतमा तालिमको दौरान सिकेका पाठहरुलाई पूनः जागृत गराउने तथा विपद्जन्य घटनाहरुको समयमा स्थानिय स्तरमा उपलब्ध श्रोत साधनहरुको प्रयोगबाट एक सक्षम नागरिकको रुपमा परिचालन हुन सकुन भन्ने उद्देश्यका साथ श्री गोरख बक्स गणका गणपति जनक सिल्वालले  बताउनुभयो ।साथै, उक्त तालिमको दौरान गणपतिले विपद् ब्यवस्थापनमा NCC Alumniको भुमिका तथा शिक्षार्थीहरुलाई मोराल एण्ड मोटिभेसन सम्बन्धी कक्षा संचालन गरिएको थियो । विपद् ब्यवस्थापन सम्बन्धी अधिकतम ज्ञान दिलाई विपद्को समयमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्षम रहेको समेत बताउनु थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *