विद्या मन्दिर नमुना मा.बि. अछाममा NCC तालिम शुभारम्भ

विद्या मन्दिर नमुना मा.बि. अछाममा NCC तालिम शुभारम्भ

अछाम : अछामको पञ्चदेवल बिनायकमा रहेको विद्या मन्दिर नमुना मा.बि. मा NCC तालिम शुभारम्भ भएको छ ।  “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो”भन्ने आदर्श वाक्य बोकी युवा वर्गहरुलाई अनुशासित, बफादार, राष्ट्रप्रति उत्तरदायी तथा समर्पित,ईमान्दार, स्वाभिमानी र सक्षम बनाउँदै उनीहरुमा राष्ट्रिय एकताको भावना एवं नेतृत्व क्षमतामा विकास गराउने,राष्ट्रलाई संकट परेको अवस्थामा नेपाली सेनाको मातहतमा रही तोकिए बमोजिम परिचालन हुन सक्ने,राष्ट्र निर्माण तथा संकटकालिन विषम परिस्थितिमा परिचालनको निमत्त टेवा पुर्‍याउने उद्देश्यले मिति २०२२ कार्तिक २२ गते स्थापना भएको राष्ट्रिय सेवा दल ७७ वटै जिल्लामा विस्तार भईसकेको छ ।

राष्ट्रिय सुरक्षा नीति२०७३ले परिकल्पना गरे अनुरुप देशको सुरक्षा स्थिति प्रतिकुल भएको अवस्थामा नेपाली सेनालाई सहयोग गर्ने र राष्ट्रिय विपत्तिको समयमा जिल्लामा न्युनतम १०० जना प्रकोप उद्बार कार्यमा संलग्न हुने युवा जनशक्ति तयार गरी राख्नको लागि राष्ट्रिय सेवा दलको पँहुच तथा तालिम प्राप्त सक्षम युवा विद्यार्थी संख्या लगातार बृद्बि गर्ने उद्देश्य अनुसार मिति २०८० श्रावण १ गतेदेखि अछाम जिल्ला पञ्‍चदेवल विनायक नगरपालिका वडा नं.३ स्थित श्री विद्यया मन्दिर नमुना मा.बि.का कक्षा ८, ९ र १० मा अध्यनरत महिला १८ र पुरुष १८ गरि जम्मा३६ जना शिक्षार्थीहरु सहभागि सि.सं.४९ जुनियर डिभिजन NCC तालिम श्री गोरख बक्स गणका गणपति जनक सिल्वाल द्धारा औपचारिक रुमपा प्रथम प्रवचन गरेर उक्त तालिम संचालन भएको हो।

प्रथम प्रवचनको क्रममा बोल्दै श्री गोरख बक्स गणका गणपति जनक सिल्वालले “नेपाल सरकारको नेतृत्वदायी भूमिका तथा नेपाली सेनाको मातहतमा रहेर स्थापना कालदेखि हालसम्म ६६,७७६ जना NCC तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन भई सकेका, सिनियर र जुनियर डिभिजन अन्तर्गत दुई तहमा बिभाजन गरी यस NCC तालिममा सहभागि हुनको लागि जुनियर डिभिजन तर्फ कक्षा ८ देखि १० सम्म अध्यनरत, १४ देखि १६ वर्ष उम्मेर समुहका, छात्राकोलागि ४ फिट १० ईन्च र छात्रको लागि ५ फिट, सामान्य मेडिकल परिक्षण तथा अभिभावक र सम्बन्धीत विद्ययालयको मन्जुरीनामाबाट मात्र सहभागि हुने ब्यवस्था रहेको बताउनुभयो । NCC को प्रत्येक डिभिजन अन्तर्गत संचालन हुने तालिमलाई दुई फेजमा संचालन गरिन्छ जस अन्तर्गत संस्थागत ७९ र वार्षक सामूहिक क्याम्प २१ दिन राष्ट्रिय सेवा दल अन्तर्गत रहेका शिक्षालय तथा छनोट भएका सामूदायिक विद्यालयमा संचालन हुने गर्दछ । साधारण विद्यार्थीहरुलाई सहनशिलता, आत्म निभरता, नेतृत्ववान, वफादारिता, कर्तब्य निष्ठ एवंम् सक्षम युवा निर्माणको लागि तालिम अवधिभर व्यक्तित्व बिकास तालिम, नेतृत्व क्षमता अभिबृद्बि, प्राथमिक स्वास्थ्य उपचार, शारिरिक तालिम, साधारण सैनिक युद्बकला र विपद् व्यवस्थापन तथा प्रतिकार्य अभ्यास अन्तर्गत रहेर तालिम दिलाईन्छ । युवा शक्ति विकास कार्यक्रम, तालिम अवधिभर तालिम सामाग्रिहरु तथा पोशाक/खाजाको निशुल्क व्यवस्था, सामूहिक भावनाको विकास, नेतृत्वदायि क्षमता अभिबृद्बि लगायत स्वस्थ, लगनशिलता, कर्मठ, निष्ठावन र असल व्यक्तित्व विकासमा यस NCC तालिमले भुमिका खेल्ने हुँदा यस प्रति पछिल्लो समयमा सम्पूर्ण युवा विद्यार्थीहरुको आकर्षण बढेको पाईएको” कुरा प्रथम प्रवचनको क्रममा उल्लेख गर्नु भएको थियो ।NCC तालिममा सरिक हुन पाएकोमा विद्यामन्दिर नमुना मा.बि. का शिक्षार्थीहरु एकदमै उत्साहित रहेका देखिन्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *