त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद

त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद

राजस्व अनुसन्धमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ । हङकङबाट आएको सुनसहित विभाग टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो ।

सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो । यो अपरेसन बुधबार बिहान ११ बजेतिरको हो ।

अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो विभागको इतिहासकै ठूलो अपरेसन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *