बैतडीका काङ्ग्रेस नेता भट्टले इमेल बाटै पठाए काङ्ग्रेस महामन्त्रीलाई सुझाव

बैतडीका काङ्ग्रेस नेता भट्टले इमेल बाटै पठाए काङ्ग्रेस महामन्त्रीलाई सुझाव

नेपाल तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष तथा काङ्ग्रेस युवा नेता महेश दत्त भट्टले काङ्ग्रेस महामन्त्री गगन थापालाई इमेल बाट सुझाव पठाएका छन् । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्नका लागि महामन्त्री थापाले सामाजिक संजाल मार्फत सुझाव माग गरेका थिए ।

यस्तो छ नेता भट्टको सुझाव :

आदरणीय महामन्त्री गगन थापा ज्यू,
जय नेपालको न्यानो अभिवादन !

सर्वप्रथम त नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्दैछ । सो बैठकले नेपाली काँग्रेसमा नविनतम उर्जा सहित आशा र भरौसा हुने गरी महत्वपूर्ण निर्णय हुनेछन् । त्यसका लागि हार्दिक मंगलमय शुभकामना ।
ढिलैभएपनि बैठक बस्ने कुराले केही आशा पलाएको छ । सो बैठकको अवसर पारेर नेपाली काँग्रेसका कुना कन्दराका भुँइतहका कार्यकर्ताहरुका समेत एजेन्डा, विषयहरुको सुनुवाई हुनेगरी एजेन्डा र विषय इमेल मार्फत माग गर्नु भएकोले यी विषय छलफल आउनेछ्न त्यसका लागि हार्दिक अपिल गर्न चाहन्छु ।

बुँदागत रुपमा केही कुरा अगाडि सार्दछु ।
१) नेपाली काँग्रेस पार्टीमा पछिल्लो समय नेपोटिज्म धेरै झाँगिएको छ । यसले नागरिकमा चरम निराशा छाएकोे छ । यसको निकास दिने अभियानमा जानुपर्छ ।

२) एक व्यक्ति एक पदको अवधारणा अघि सानुपर्छ ।

३) नेपाली काँग्रेस पार्टीको एउटा महत्वपूर्ण पुँजीका रुपमा इतिहास पनि हो । तर, अव राणा फाल्यौं, पञ्चायत फाल्यौं, राजा फाल्यौ भनेर मात्र अहिलेको पुस्ता हामीलाई विश्वास गर्ने वाला छैन । अव जागरण अभियान, घरघर जाऔं काँग्रेस जिताऔं अभियानको महत्व छैन । अवका अभियानहरु “विकास बहस अभियान”, “सुसासन बहस अभियान” नागरिकका पीडा बुझ्ने अभियान लगायत गाँउमा जादा विकास बोकेर, जनतामा खुसीयाली हुने अभियानहरु सञ्चालन गर्न जरुरी छ ।

४) नागरिकको सवैभन्दा नजिकको सरकार स्थानीय सरकारका हाम्रा जनप्रतिनिधिहरु पार्टीलाई चिन्दैन, बुझदैनन, सुन्दैनन । जनप्रतिनिधि र नेताकार्यकर्ता विच सम्बाद अभियान, प्रशिक्षण अभियान । काठमाण्डौलाई गाउको भुँइतहको मान्छे जान्दैन । जान्ने बुझने र चिन्ने भनेको स्थानीयको जनप्रतिनिधिलाई हो । त्यसकारण स्थानीय जनप्रतिनिधिहरुबाट लोकप्रिय सेवा प्रवाह हुने किसिमको प्रशिक्षण अभियान ।

५) लोकतन्त्रमा नयाँ दलहरु जन्मिनु, दलहरुको आयतन बढ्नु, दलहरु खुम्चिनु स्वभाविक नै हो । तर, नयाँ जन्मेका दलहरुको सत्तोसराप गर्नुभन्दा पनि काँग्रेस भित्र थुप्रै होनहार नेतृत्व छन् । नेतृत्वलाई स्थापित हुने गरी अवका अभियानहरु सञ्चालन हुनुपर्दछ । सोही नेतृत्वबाट नेपाली काँग्रेस पार्टीका विचारहरु समाजमा स्थापित गराउने र लोकतन्त्रलाई सिद्धान्ततह व्यवहारिक बनाउने अभ्यास गर्ने गराउने अभियानहरु सञ्चालन गर्ने ।

६) सवै भातृ तथा शुभेच्छुक संस्थाहरुको विधान समानुकुल र नेतृत्व समयानुकुल र महाधिवेशनहरु समयमै गर्ने ।
पार्टीका सवै विभागहरु गठन गर्ने, भातृसंस्था तथा विभागहरु गठन गर्दा सकेसम्म कर्मशित, क्षमतावान र सामानुपातिक सवैजिल्लाबाट प्रतिनिधित्व हुनेगरी गठन गर्नुपर्ने ।

(नोटः क) तरुण दलको केन्द्रीय कार्यसमिति आउदा कुनै जिल्लाबाट ५२ हुन्छन भने बैतडी जिल्लाबाट २ जना मनोनित हुन्छन् ।

ख) पार्टीभित्र केन्द्रीय सदस्यहरु मनोनित हुने बेला कुन जिल्लाले कतिपटक सम्म केन्द्रीय सदस्य समेतमा अवसर पाएको छैन यस्ता विषयहरु पनि उठ्न जरुरी छ । किन कि हाम्रा विचारहरुको प्रनिधित्व गर्ने ठाँउ नै छैन भने हामीले कहाँ जाने । बैतडीका हकमा करिब २० बर्ष भयो । हाम्रा कुरा राख्ने ठाँउ छैन । यस्ता थुप्रै जिल्लाहोलान । नेपाली काँग्रेस पार्टीको विधान मुताविक निर्वाचनमा प्राविधिक कारणले केही मतले पछाडी परेका अथवा प्राविधिक कारणले छुट्न गएका महत्वपूर्ण नेताहरुलाई सो समिति भित्र अटाउने गरी मनोनितको व्यवस्था भएको हो भन्ने महसुस भएका कारण छलफलमा उठाइदिनुहोला । )

७) नागरिकहरु शिक्षा र स्वास्थ्य सेवाबाट आर्जित भैसकेका छैन । मर्ननसकेर मात्र बाँचेका छन् । त्यसकारण शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने अभियानमा नयाँ स्वरुपमा बहस उठाउनु पर्छ ।

८) युवा पुस्ता हामीसंग धेरै रुष्ट छन् । विगतका गरेका कर्मले हाम्रा पनि थुप्रै निराशा छ । काँग्रेसका चिया चौतारामा छलफल बहस गर्दा सानो नानीबाबुले पनि काँग्रेमा भ्रष्टहरुको झुण्डमात्र छ । अहिले सम्म काँग्रेसले के–के गर्‍यो भनेर प्रश्न गरिरहेका छन् । इतिहासका कुरा गरे पत्यार गर्दैनन । वर्तमानमा विकास हेन्डस केश चाहियो भन्ने जवाफ आउछ । तसर्थ वर्तमानका हाम्रा अभियान र इतिहासका विषयहरुलाई संगसंगै नेपाली नागरिकको चुलो चुलोमा पुगाउ । केही आशा थपिने काम गरौं । यो विषयमा केन्द्रीय कार्यसमितिमा मिहिन ढंगबाट छलफल हुनुपर्छ ।

९) संसद चलेको समय बाहेक संसदहरुलाई जिल्लामा खटाउने ।
१०) सन्तुलित रुपमा विकास बजेट वितरण भएको छैन । जनताका थुप्रै निरासा छन । यसलाई सन्तुलित गर्ने विषयमा छलफल ।

११) नेपाली काँग्रेस भित्र एउटा थिन्क ट्यान्क जस्तै बौद्धिक समुह बनाउने । जसले समग्र परिस्थितिहरुको सुक्ष्म अध्ययन, विकास बारे अध्ययन, अर्थतन्त्रबारे अध्ययन यस्ता महत्वपूर्ण अध्ययन खोज गर्ने बैधानिक रुपमा बौद्धिक समुह बनाउने छलफल केन्द्रीत होस ।

१२) हाम्रो युवा जनशक्तिलाई स्वदेशमै पढ्ने र रोजगारी गर्ने वातावरणको सिर्जना हुने गरी नयाँ कार्यक्रमहरु अख्तियार गर्ने गरी कार्यसमितिमा छलफल र सम्बाद उठाइ दिनु पर्यो । कति सकिन्छ, सकिदैन । तथापि यसको मेसेज भुइतह सम्म पुग्ने भएकाले काँग्रेस केही गर्दैछ भन्ने आशा जाग्न सक्छ ।

१३) पार्टीको आन्तरिक र बाह्य जीवनलाई थप मजबुत बनाउनका लागि “हेड टु हेड” अभियान भन्दा पनि देशको भविष्य बन्ने विषय र मुद्दा उठानले आकर्षण हुने देखिन्छ । त्यसकारण यो विषय अझ बढि केन्द्रीत होस ।

१४) गएका निर्वाचनहरुको समिक्षा सङ्गै हाम्रो भोट पेटर्न, पछिल्लो समयका भ्रष्टाचारका काण्डबारे नेपाली काँग्रेसको प्रष्ट धारणा र अन्य ज्वलन्त मुद्धाहरुबारे प्रष्ट धारणा बनाई सार्वजनिक गर्नका निमित्त अनुरोध गर्दै थुप्रै विषय छन बाँकी अर्को इमेल अथवा भेटमा अहिले भने विट मार्दछु । जय नेपाल !

महेश दत्त भट्ट
उपाध्यक्ष नेपाल तरुण दल
बैतडी (सम्पर्क ९८६५६३८१९६)

Leave a Reply

Your email address will not be published. Required fields are marked *