मंगलसेन नगरपालिका १४ कालागाउँमा अस्थाई प्रहरी पोस्टको उद्घाटन

मंगलसेन नगरपालिका १४ कालागाउँमा अस्थाई प्रहरी पोस्टको उद्घाटन

मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँमा अस्थाई प्रहरी पोस्टको उद्घाटन गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच मंगलसेन नगरपालिका वडा नम्बर १४ को कालागाउमा प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेको उपस्तिथिमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले  समाजमा शान्ति सुरक्षा कायम गर्दै जनतालाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यका साथ अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको बताउनुभयो ।

प्रहरीको पहुँचले गर्दा समाजमा हुने नकारात्मक क्रियाकलापहरूमा कमी आउने विश्वास व्यक्त गर्दै विकट ठाउँमा अस्थाई प्रहरी पोष्ट हुनु खुसीको कुरा भएको बताउनुभयो । अस्थाई प्रहरी पोस्ट स्थापना हुँदा गाउँ घरमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण हुनुको साथै शान्ति सुरक्षाको प्रत्याभूति हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले प्रहरी र स्थानीयवासीको समन्वय र सहकार्यमा समाजमा हुने विभिन्न गलत क्रियाकलाप नियन्त्रण गर्न सकिने प्रस्ट पार्दै समाजमा हुने गरेका गलत, गैर कानुनी कार्यबारे प्रहरीलाई सूचना दिएर सघाउन र ‘हाम्रा प्रहरी हामी सँग’ छन् भनी ठान्न आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रम बोल्दै मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले आम नागरिकक सुरक्षाको ग्यारेन्टी गर्ने जिम्मा राज्यको भएकोले यस नगर भित्र प्रहरी पोष्टलाई क्षमता वान र स्रोत साधन सम्पन्न गर्नको लागी नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा  नगर उप प्रमुख संगीता रावल सोडारी, मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र् सोडारी,प्रहरी निरीक्षक कैलाश बिष्ट लगायतको उपस्तिथि रहेकोे थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *