जिल्ला कारागार अछाममा संचालित १ महिने हाते होजियारी सम्बन्धी सीप बिकास तालिमको समापन

जिल्ला कारागार अछाममा संचालित १ महिने हाते होजियारी सम्बन्धी सीप बिकास तालिमको समापन

घरेलुु तथा साना उधोग बिकास समिति अछामको आयोजनामा जिल्ला कारागार अछामका महिला कैदिबन्दी हरुका लागी संचालन भएको १ महिने हाते होजियारी सम्बन्धि सीप बिकास तालिमको समापन गरिएको छ ।

घरेलु तथा साना उधोग कार्यालयका नायब सुब्बा प्रकाश उपाध्यायको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत राजकुमार तिमिल्सैनाले सीप हुने मान्छे कहिले पनि पछि नपर्ने बताउदै यो एक महिनाको तालिम बाट व्यावसायिक तथा उद्यमी बन्न प्रोत्साहन मिल्ने बताउनुभयो ।

महिलालाई सीपयुक्त बनाई आर्थिक हिसाबले बलियो बनाउन तालीमबाट राहत हुने विश्वास लिइएको समेत बताउनुभयो ।

७ जना महिला कैदि बन्दी हरुलाइ दिएको तालिममा सहभागी महिला हरुले यो तालिमले आफू हरुको समयको सदुपयोग संगै भविष्यमा ब्यवसायीक रुपमा काम गर्ने बाताबरण बनेको बताएका थिए ।साथै आगामी दिनहरुमा यस्ता अन्य सीप मुलक तालिम संचालन गरिदिन अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी ,जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा जिबराज उपाध्याय लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा तालिममा सहभागी र मुख्य प्रशिक्षकलाइ प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन बरिस्ठ उधम बिकास सहजकर्ता चेतराज पनेरुले गर्नुभएको थियो ।

Leave a Reply