गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा अछाममा दीप प्रज्वल

गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा अछाममा दीप प्रज्वल

नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९९ औ जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ अछामले दीप प्रज्वलन गरेको छ ।

नेपाल विद्यार्थी संघ अछामका सचिव राम प्रसाद भाटको अध्यक्षतामा सोमबार अछाम सदरमुकामको खुला मंचमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि जीपी कोइराला फाउण्डेसन  अछामका अध्यक्ष यज्ञ राज ढुंगाना रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले पुर्व प्रधानमन्त्री एवं पुर्व पार्टी सभापति स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको योगदान स्मरणीय रहने बताए । कोइरालाले देखाएको सहमती सहकार्य र एकताको खाचो अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । युवाहरुलाई साथमा लिएर जीपी फाउण्डेसनले गरिरहेको सामाजिक कार्यको ढुंगानाले प्रशंसा गरे । प्रजातन्त्र ,लोकतन्त्र प्राप्तीका लागि कोइरालाले खेलेको भूमिका महत्तत्वपूर्ण रहेको ढुंगानाको भनाइ छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश प्रतिनिधि हरि प्रसाद ढुंगाना,अमृता उपाध्याय ,भोजराज भाट,नेपाल तरुण दल अछामका अध्यक्ष रमेश बिष्ट ,नेपाली काङ्ग्रेसका नेता राजेश भाट,
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सदस्य रितिक स्वार,दिलिप   भाट,नेपाल विद्यार्थी संघ अछाम बहुमुखी क्याम्पस सभापति गणेश अधिकारी, उपाध्यक्ष पृतिका शाही लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघका नेता पहल थापाले गरेका थिए ।

Leave a Reply