अछाम पुगेर परराष्ट्रमन्त्री मन्त्री साँउदले भने सत्ता गठबन्धन भत्किदैन

अछाम पुगेर परराष्ट्रमन्त्री मन्त्री साँउदले भने सत्ता गठबन्धन भत्किदैन

अछाम : नेपाल सरकारका परराष्ट मन्त्री एनपी साँउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट परेका छन् । उनले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उल्लेख गरे । गठबन्धन भित्रका केहि कमि कमजोरी भए पात्र बदल्ने तर गठबन्धन नटुट्ने बताए ।

अछाम जिल्लाको चौरपाटी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै मन्त्री साँउदले प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयन्त गरेको बताए । यो समयमा गठबन्धनलाई बदल्नु भन्दा पनि मुलुकलाई स्थिरता दिने र मुलुकलाई अगाडी बढाउने बाटोमा केन्द्रित भएर अघि बढ्नु पर्नेमा उनले जोड दिए । बेमौकामा गठबन्धन तलमाथी गरेर देशको पद्धतीका बारेमा जनतामा अन्यौल सृजना गर्न नहुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री साँउदले २/२ महिना सरकार बदल्ने खेलमा लागे लक्षित क्षेत्र तर्फ सरकार अघि बढ्न नसक्ने बताए । सरकार बदल्ने बाटोमा भन्दा पनि मुलुक लाई अहिले स्थिरता र विकासको बाटोमा अघि लैजाने उपयूक्त समय भएको उनले बताए ।

एक अर्को प्रसंगमा बोल्दै मन्त्री साँउदले सुदूरपश्चिमका सबै परियाजनालाई गाभेर १० हजार मेघावाट परियोजना बनाएर भारतसंग बिद्युत व्यापार गर्न सके नेपालमा पानीमा ढुंगा होईन सुन भेटिन सुरु हुने दाबी गरे ।

नेपाल जलश्रोतको धनी देश भएकाले हरेक खोलानाला बाट बिद्युत उत्पादन गरी भारतमा मात्रै नभई बंगलादेशमा समेत बिधुत आपूर्ती गर्न सकिने र सरकार त्यसै दिशा तर्फ अघि बढेको समेत मन्त्री साँउदले बताए ।

परराष्ट्रमन्त्री एनपी साउदले चौरपाटि गाउपालिकाको नव निर्मित भवनबाट समाजको गती लाई सम्पन्नताको यात्रा तिर लिन सके मात्र यसको सार्थकता रहने बताए । जनताबाट निर्वाचित भएर आईसके पछि सेवाको भावना लिएर काम गर्नु पर्ने उनले बताए ।

सबै जनताको कल्याण गर्नु, सबै जनतालाई राहत पु¥याउनु र समग्र पालिकाको बिकासका गर्नु आफ्नो कर्तव्य सम्झेर काम गर्न उँहाले आग्रह गर्नु भएको छ । मन्त्री साउदले पछिल्लो समय युवाहरु बिदेश पलाएन हुने क्रम बढेकाले त्यो प्रबृती रोक्ने खालका योजना ल्याउन आवश्यक रहेको बताए । कृषिमा लगानी बढाउन नसकेसम्म कृषिमा क्रान्ति  नहुने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *