प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अछाममा इन्टर्न गरिरहेका कृषि विद्यार्थीको बिदाइ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अछाममा इन्टर्न गरिरहेका कृषि विद्यार्थीको बिदाइ

अछाम : असार १७ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अछाममा बिगत ५ महिना देखी इन्टर्न गरिरहेका कृषि विद्यार्थी हरुको एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अछामका प्रमुख युवराज बिकको अध्यक्षतामा भएको  कार्यक्रममा सुदुरपश्चिम बिश्व बिधालय अन्तर्गत कृषि संकाय तर्फ कृषि स्नातक अध्यनरत विद्यार्थी हरुको बिदाइ गरिएको हो ।

कृषि ज्ञानकेन्द्र अछामको लागी इन्टर्न गर्न आएका १ जना र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा आएका २ जना लाई खादा माला र सम्मान सहित कार्यालय प्रमुख बिकले धन्यवाद सहित आगामी यात्राको शुभकामना व्यक्त गर्नुभयो ।

कृषि इन्टर्नहरुले अछाममा कृषिको विभिन्न क्षेत्रमा अनुसन्धान गरि कार्य सम्पन्न गर्न सफल भएको बताउनुभयो ।

इन्टर्नको सिलसिलामा आफुहरुको अछाम बसाइ ५ महिना पनि ५ दिन जस्तै लागेको कृषि विद्यार्थीहरुले बताउनुभयो ।

अनुसन्धानको क्रममा अछामको कृषि क्षेत्रबाट थुप्रै कुरा हरु सिक्ने अवसर पाएको र उक्त कुरा हरु ब्यवहारमा समेत लागू गर्ने उनिहरुको भनाइ थियो ।

इन्टर्नको लागि कृषि ज्ञानकेन्द्रमा गणेश साउद  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कुमार गुप्ता ,हिमान्चल कट्टेल आएका थिए ।

कार्यक्रममा आधुनिकीकरण परियोजनाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन कृषि प्राविधिक पुर्ण प्रसाद ढुंगानाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *