प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तर्गत संचालन भएका क्रियाकलापको अनुगमन

प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तर्गत संचालन भएका क्रियाकलापको अनुगमन

अछाम : जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तर्गत सञ्चालन भएका क्रियाकलापको अनुगमन गरिएको छ । जिल्लाका १० वटै पालिकामा सञ्चालनमा रहेको उक्त परियोजनाका मध्यपहाडी करिडोर अन्र्तगतका क्षेत्रमा शनिबार अनुगमन गरिएको हो ।

जस अन्र्तगत पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका, मंगलसैन नगरपालिका र साँफेबगर नगरपालिकामा लागु भएका कार्यक्रमको अनुगमन गरिएको छ भने बाँकी रहेका पालिकाहरुमा यसअघि समेत अनुगमन गरिएको थियो । आर्थिक बर्ष २०७९/८० मा परियोजना मार्फत सञ्चालन भएका कार्यक्रम तथा क्रियाकलापहरुको अनुगमन गरिएको परियोजना ईकाइ कार्यान्वयन प्रमुख तथा कृषी अधिकृत युवराज बिकले बताए ।

पञ्चदेवल बिनायक नगरपालिकाको वडा नं. १ मा रहेको नमुना बाख्रा खोर प्रर्दशनको कार्यक्रम, मंगलसैन नगरपालिका वडा नं. ५ मा रहेको आलु उन्नत प्रबिधी प्रदर्शन, कमलबजार नगरपालिका वडा नं. ६ बिरपथमा रहेको बाख्रा खोर सुधार कार्यक्रम र साँफेबगर नगरपालिका वडा नं. ८ मटेनामा निर्माणधिन हाईटेक टनेलको अनुगमन गरिएको हो ।

उक्त क्षेत्रमा लागु भएका कार्यक्रम तथा क्रियाकलापहरु सन्तोषजनक रहेको र यसले गर्दा कृषकहको जिवीकोपार्जन र आर्थिक सुधार हुने देखिएको अनुगमनमा सहभागी जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरले बताए । १५ लाखको लागतमा मटेनामा निर्माण भईरहेको हाईटेक टनेल यस क्षेत्रका कृषकहरुका लागि सिकाईको रुपमा प्रयोग गरिने कृषी अधिकृत बिकले बताए ।

प्रधानमन्त्री कृषी परियोजना अन्र्तगत अछामजिल्लाका लागि यस बर्ष ३ करोड बजेट रहेको थियो भने १० पालिका मध्ये ५ पालिकामा बाख्रा र बाँकि ५ पालिकामा आधुनिक कृषी आुली जोनका रुपमा छनोट गरिएको थियो । साँफेबगर, बान्नीगढी, मेल्ललेख, रामारोशन र मंगलसैनमा आलु जोन र कमलबजार, बिनायक, चौरपाटी, ढकारी र तुर्माखाँदमा नमुना बाख्रा फारमका रुपमा परियोजना लागु गरिएको छ ।जिल्ला समन्वय समिती अछामका प्रमुख सहित परियोजनाका कर्मचारी, पत्रकारहरुको टोलीले कार्यस्थलमा भएका गतिविधीको अनुगमन गरिएको हो ।

आधुनिक कृषी आत्म निर्भर जीवीकोपार्जन गर्ने माध्यम बन्नुपर्छ : पूर्व मन्त्री शाह ।

यस्तै साँफेबगर नगरपालिका वडा नं. ८ मा रहेको आत्मगौरब कृषी सहकारी संस्थाका १ सय ६५ जना सदस्यहरुलाई कृषी सामाग्री समेत वितरण गरिएको छ । परियोजना मार्फत १५ लाख बराबरको लगानीमा प्राप्त भएका प्लाष्टिक टनेल लगायतका कृषी सामाग्री वितरण गरिएको हो ।

सामाग्री बितरण कार्यक्रममा प्रमुख अथिति रहेका पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोन्विन्द बहादुर शाहले आधुनिक कृषी स्वयम व्यक्ती आत्म निर्भर र जीवीकापार्जनका गर्ने माध्यम बन्नु पर्ने बताएका छन् । आधुनिक कृषी र फलफुल खेति गरे मात्रै नागरिक कुपोषणमुक्त हुने भएकाले यसमा सबै कृषकहरु लाग्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बिशष्टि अथिति रहेका जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुँवरले आगामी ५ बर्षमा अछाम जिल्लालाई एभोकाडोमय जिल्लाका रुपमा बनाउन लागि परको बताए । अबको १ बर्ष केही पालिकामा एभाकाडो फल्ने र अरु पालिकामा समेत सोको बिरवा बितरण गरिने उनले बताए । कृषकहरुले पनि आधुनिक कृषी तथा फलफुल खेती गर्न तर्फ आर्कर्षित हुनुपर्ने उनको भनाई थियो ।

कृषी सहकारी संस्थाका अध्यक्ष टंक ताम्राकारको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रममा समाजसेवी तथा कांग्रेस नेता अर्जुन ताम्राकारले आफु संस्थाको संस्थापक हुदाँ देखि नै आधुनिक कृषीलाई जोड दिएको बताए । कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कालु सिंह कुँवर लगायतको सहभागीता रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *