अछाम कारागारमा रहेका कैदीबन्दी हरुलाइ दहि र चिउरा बितरण

अछाम कारागारमा रहेका कैदीबन्दी हरुलाइ दहि र चिउरा बितरण

जिल्ला समन्वय समिती अछामको आयोजनामा जिल्ला कारागार अछाममा रहेका कैदीबन्दी हरुलाइ दहि र चिउरा बितरण गरिएको छ ।

शुक्रबार असार १५ अथार्त २० औं राष्ट्रिय धान तथा दही चिउरा खाने दिनको अवसरमा जिल्ला कारागारमा रहेका ८६ जना लाई दही चिउरा बितरण गरिएको जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरले बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै पुर्व सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाहले कैदीहरुले कारागारलाई कारागारका रूपमा नबुझेर सुधार गृहका रूपमा बुझ्नु पर्ने बताउनुभयो । कैदीहरुले जबसम्म आफ्नो आचरणमा सुधार ल्याउदैन्न तबसम्म सुधार गृहमा बसेको औचित्य नहुने र जस कारण उनिहरुलाइ नोक्सान हुने बताउनुभयो । पन्चायतकालमा आफू जेल बसेको स्मरण गर्दै उहाँले कारागार भित्र पनि विभिन्न किसिमका रचनात्मक कामहरु गर्न सकिने भएकोले
एक आपसमा मिलेर एकै परिवारका सदस्य सरह ठान्नु पर्ने बताउनुभयो । कारागारको अनुगमन गर्दै शाहले कारागारमा हुने खानेपानी समस्या लगायत अन्य समस्या तुरुन्तै समाधान गर्न सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउने बताउनुभयो । सबैलाई सकारात्मक सोच राख्दै आगामी जीवन अगाडि बढाउन सुझाव राख्नु भयो।

कार्यक्रममा नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति नयाँराम बजगाइ,काङ्ग्रेस नेता पदमराज अधिकारी ,महाधिवेशन प्रतिनिधि बसन्ती बिष्ट ,जिल्ला समन्वय समिति सदस्य द्वारिका उपाध्याय , नेपाली काङ्ग्रेस अछामका पार्टी प्रबक्ता पदम बहादुर शाह,नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी ,मंगलसेन नगरपालिका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष हरि प्रसाद ढुंगाना लगायतको उपस्थित रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *