ढकारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ढकारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

अछाम  : ढकारी  गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप सबै बालबालिकाले लगाएर  गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका गरिएको हो । “पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ भएको घोषणा कार्यक्रम ढकारी गाउँपालिका अध्यक्ष प्रकाश  साउदको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवर रहनु भएको थियोे । प्रमुख अतिथिको आसन बाट बोल्दै कुवरले बालबालिकालाई सरुवा रोगको संक्रमणबाट बचाएर स्वस्थ र निरोगी बनाउन रातदिन अभियानमा खटेर पूर्ण खोप घोषणा गर्न सफल भएकोमा सम्पुर्ण स्वास्थ्यकर्मी महिला स्वास्थ्य ,स्वयंमसेविका प्रति उच्च सम्मान सहित धन्यवाद व्यक्त गरे । साथै उहाँले ढकारी गाउँपालिकाले आव २०८०/०८१ को साउन १ गते देखि लागु हुने गरि ढकारी गाउँपालिका भित्रका गर्भवती भएको १ महिना देखि १० महिनम सम्म गर्भवती महिलालाई महिनाको रू १००० एक हजार पोषण भत्ता दिने निर्णयको  प्रसंशा समेत गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही,जिल्ला समन्वय समिती अछामका सदस्य द्वारिका उपाध्याय ,जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य सुशील भण्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा ८ वटै वडाका वडा अध्यक्ष लगायत सरोकारवालाहरुको उपस्थित रहेकोे थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन स्वास्थ्य शाखाका सुरत बुढाले गर्नुभएको थियो ।

Leave a Reply