लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अछाममा प्रभातफेरि संगै सचेततामुलक कार्यक्रम गरियो

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अछाममा प्रभातफेरि संगै सचेततामुलक कार्यक्रम गरियो

अछाम – लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालय अछामको संयुक्त आयोजनामा प्रभातफेरि संगै सचेततामुलक कार्यक्रमको आयोजना गरिएको छ । मंगलसेन दरबार बाट सुरु भएको प्रभात फेरि अछाम क्याम्पसमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामामा बोल्दै मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले लागू औषध रहित समाज निर्माणमा नगर सरकार प्रतिवद्ध रहेको बताउनुभयो । देशको मेरुदण्डको रुपमा रहेका युवा कुलतमा फस्नु दुर्भाग्यपुर्ण रहेको बताउँदै उहाँले यस्ता क्रियाकलाप बाट सचेत हुनुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिबराम न्यौपानेले युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिन आग्रह गर्नुभयो । लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका क्रियाकलाप गैर कानुनी हुन्’ भएकोले यस्ता क्रियाकलापमा संलग्नलाई कडा कारवाही त हुन्छ नै। यसले स्वयम् प्रयोगकर्ताको स्वास्थ्यमा असर पार्नुका साथै देशको सामाजिक र आर्थिक अवस्था पनि कम्जोर हुने बताउनुभयो ।

साथै कार्यक्रम उपस्तिथि सरोकारवाला निकाय सबैको सहमतिमा र सबै सक्रिय रुपमा आ आफ्नो ठाउ बाट प्रभावकारी भुमिका निर्वाह गरि लागु औसधको नियन्त्रणका लागी दुइ वटा प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

लागू औसध कारोबार तथा अबैध ओसारपसार लाई न्यूनीकरण गर्न लागु औसधको दुष्परिणाम सम्बन्धि जनचेतना अभिवृद्धि गरि जिल्लामा शान्ति सु ब्यवस्था कायम गर्ने कार्यमा सार्वजनिक जिम्मेवारीमा रहेका सम्पुर्ण पदाधिकारीले निरन्तरता रूपमा समन्वय सहकार्य र सहजीकरण गर्ने,जनसरोकार तथा सामाजिक रूपमा सुसस्कृतिक ,सभ्य समाज र दिगो बिकासको बाधकको रूपमा रहेको लागु औषध दुर्ब्यसनी तथा ओसारपसार जस्ता क्रियाकलापले समाजमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न त्यस्ता क्रियाकलाप प्रति सबै सरोकारवाला निकायहरु र आम सर्वसाधारण संस्थागत र बैयक्तिक रूपमा शुन्य सहनशीलता ब्यवहार अंगिकार गर्ने/ गराउने तथा सार्वजनिक स्थलमा सुर्तीजन्य एवं अन्य लागु पदार्थको प्रयोग र बिक्रीवितरण गर्ने कार्यलाई प्रतिबन्ध गर्ने /गराउने कार्यमा प्रतिबद्धता व्यक्त गरिएको हो ।

प्रभातफेरीमा विभिन्न कार्यालयका कार्यालय प्रमुख/कर्मचारीहरु, सामुदायिक प्रहरी, लागू औषध विरुद्धको क्षेत्रमा कार्यरत विभिन्न अभियन्ताहरु, विभिन्न स्कूल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरु र पत्रकारको सहभागिता थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *