कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा भारी वर्षा

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा भारी वर्षा

काठमाडौँ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान शाखाले दैलेख, सुर्खेत, कालिकोट, अछाम, डोटी, बझाङ, बाजुरा, डडेलधुरा र आसपासका केही स्थानमा भारी वर्षा मापन भएको जनाएको हो ।

थप वर्षा भएर आसपासको स–साना खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोली रातिसम्म देशका अधिकांश स्थानमा धेरै पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम धेरै छ ।

महाशाखाकाअनुसार मनसुन सक्रिय भएकाले थोरै ठाउँमा निकै ठूलो पानी पर्ने छ ।

सीआईएनसँग कुरा गर्दै मौसमविद् रोजन लामिछानेले भोली रातिसम्म मै देशका विभिन्न ठाउँमा पानी पर्दै रोकिने क्रम चलिरहने जानकारी दिनुभयो ।

लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढ्ने भएकाले नदी तटिय क्षेत्रका बासिन्दा र भिरालो जमिन आसपासका नागरिकलाई सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो ।

पहिरो खसेर सडक अवरुद्ध हुनसक्ने भन्दै तत्काल पहिरो हटाउन तयारी अवस्थामा रहेको सडक विभागले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *