मानव स्वास्थ्यका लागि योग निकै महत्वपूर्ण छ : सरोकारवाला

मानव स्वास्थ्यका लागि योग निकै महत्वपूर्ण छ : सरोकारवाला

९ औ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा मंगलसेनमा भएको एक कार्यक्रममा सहभागिहरुले योगको महत्व, यसको आवश्यक्ता र यसले मानव स्वास्थ्यका लागि पु¥याउने फाईदाका बारेमा जानकारी गराउनु आवश्यक्ता रहेको बताएका हुन ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाम र पतञ्जली योग समिती अछामले आयोजना गरेको कार्यक्रममा योगा गर्ने तरिकाको बारेमा जानकारी गराउनुका साथै यसले मानव स्वास्थ्यलाई गर्ने फाईदाहरुका बारेमा समेत जानकारी गराईएको थियो ।

पतञ्जली योग समिती अछामका अध्यक्ष जय बहादुर बोगटीले योग परम्परागत चिकित्सा पद्धति र जीवनशैली हो, यो वैज्ञानिक र व्यवहारिक छ, त्यसैले आत्म अनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग निकै आवश्यक रहेको बताए ।

योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ, मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन् त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्ने उनको भनाई छ । योग बाल देखी बृद्ध सम्मका लागि अपरिहार्य भईसकेको बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका कार्यालय प्रमुख सुरेशराज पन्तले अछाम जिल्लामा पनि पछिल्लो समयमा योगा गर्ने मान्छेहरुको संख्या बढ्दै गएको बताए । पछिल्लो समयमा यसको प्रचार प्रसार बढ्दै जानु र विभिन्न सामाजिक संजालको कारणले पनि यस प्रतिको आकर्षण बढ्दै गएको बताए ।

योग र आयुर्वेद मानव स्वास्थ्यका लागि निकै महत्वपुर्ण भएकाले नियमित योग गर्न सबैलाई सुझाव दिए । अछाम जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामले आफ्नो सेवा क्षेत्रलाई बिस्तार गरिरहेको भन्दै उहाले पछिल्लो समयमा कार्यालयमा सेवा लिन आउनेहरु पनि ह्वात्तै बढेको बताए ।

विनायक र साफेबगरमा दुईवटा आयुर्वेद औषधालय समेत रहेकाले अछामका १० वटै पालिकामा आयुर्वेद स्वास्थ्य सेवा पु¥याउने लक्ष्य रहेको कार्यालय प्रमुख पन्तले बताए ।

कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपाने, शिक्षा शिक्षा विकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरी लगायत विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

योग कार्यक्रम सुरुहुनु भन्दा अगाडी सुदुरपश्यिम प्रदेशका कानुनमन्त्री पृथ्वी बहादुर सिंह लगायतको निधन प्रति सोक प्रस्ताव पारित गर्दै कुनैपनी औपचारिक कार्यक्रम नगर्ने निर्णय सहित योग कार्यक्रमलाई अगाडी बढाईएको थियो ।

औपचारीक कार्यक्रम सहित बृहत रुपमा दिवस मनाउने निर्णय भएपनी प्रदेशमा दुखद घट्न घटेकाले औपचारीक कार्यक्रम नगरिएको प्रमुखजिल्ला अधिकारी न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *