सर्वाधिक कमाउनेमा डायन पहिलो नम्बरमा, भारतका अक्षय बने छैटौं

सर्वाधिक कमाउनेमा डायन पहिलो नम्बरमा, भारतका अक्षय बने छैटौं

हलिउड अभिनेता तथा पूर्व व्यवसायिक रेस्लर डायन जोनशन(द रक) लगातार दोश्रो वर्ष सर्वाधिक कमाइ गर्ने अभिनेता बनेका छन्।

विश्व चर्चित पत्रिका फोब्समा प्रकाशित समाचारमा सन् २०१९ को जुन १ देखि सन् २०२० को जुन १ सम्मको अवधिमा ८७.५ मिलियन अमेरिकी डलर कमाइसहित उनी सूचिको पहिलो नम्बरमा परेका हुन्। यसमा नेटफ्लिक्सको थ्रिलर सिनेमा ‘रेड नोटिस’का लागि लिएको २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक समावेश छ।

यसैगरी समाचारमा उनले आफ्नो फिटनेस लुगाको ‘प्रोजेक्ट रक’ ब्रान्डबाट पनि राम्रो कमाइ गरेको जनाइएको छ।

जोन्सनपछि सर्वाधिक धेरै कमाउने अभिनेताको सूचिमा ‘रेड नोटिस’मा उनीसँगै काम गरेका रायन रेनल्ड्स छन्। उनले ७१.५ मिलियन अमेरिकी डलर कमाएका छन्।

यस्तै सूचिको तेश्रो स्थानमा अभिनेता तथा निर्माता मार्क वाहबर्ग छन्। उनको कमाइ ५८ मिलियन डलर रहेको छ। यस्तै चौथोमा बेन एफ्लेक छन् भने पाँचौमा भिन डिजेल छन्।

छैटौं स्थानमा भने बलिउड अभिनेता अक्षय कुमारले बाजी मारेका छन्। उनको ४८.५ मिलियन अमेरिकी डलर कमाएको फोब्सले जनाएको छ। कमाइको अधिकाशं हिस्सा उनले विज्ञापन खेलेर कमाएका हुन्।

उनीहरूसँगै धेरै कमाउने अभिनेताहरूको सूचिमा लिन-मानुयल मिरान्डा, विल स्मिथ, एडम सान्डलर र ज्याकी च्यान छन्।

अभिनेत्रीहरूको सूचि भने सार्वजनिक गरिएको छैन। गत वर्ष अभिनेत्रीतर्फ भने ५६ मिलियन अमेरिकी डलर कमाइसहित स्कारलेट जोनसन सूचिको पहिलो नम्बरमा थिइन्।

Leave a Reply