हुँदै नभएको पद सिर्जना गरेर बैरागीलाई नियुक्ति, प्रचण्डले देखाए जात्रा

हुँदै नभएको पद सिर्जना गरेर बैरागीलाई नियुक्ति, प्रचण्डले देखाए जात्रा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हुँदै नभएको पद सिर्जना गरेर शंकरदास बैरागीलाई नियुक्ति गरेका छन् ।

नेपालमा सुरक्षा सल्लाहकार भन्ने कुनै पद नै छैन । तर बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गर्न प्रचण्डले बैरागीलाई मुख्यसचिवबाट राजीनामा दिएर सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् ।

वैरागी विज्ञ पनि होइनन् । व्यवस्थापन गर्न कानुनमै नभएको पद सिर्जना गरेर वैरागीलाई नियुक्ति दिइएको भन्दै सरकारको आलोचना भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सल्लाहकारमा नियुक्ति गरेको थियो । बैरागीलाई प्रधानमन्त्री प्रचण्डले बिहीबार नै शपथ ग्रहण गराएका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । आज बिहान मात्रै वैरागीले मुख्यसचिवको पदबाट राजीनामा दिएका थिए ।

वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको हो । अर्याललाई मुख्यसचिव बनाउनकै लागि आज मन्त्रिपरिषद बैठक डाकिएको थियो ।

अर्यालको सचिवको कार्यकाल असार ३ गतेसम्म मात्रै थियो । त्यसअघि नै हतारहतारमा सरकारले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

mediadabali.com बाट

Leave a Reply