नगर प्रमुख र डिभिजन प्रमुख द्वारा योजनाको स्थलगत अनुगमन

नगर प्रमुख र डिभिजन प्रमुख द्वारा योजनाको स्थलगत अनुगमन

साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख खेमराज रेग्मीले साँफेबगर नगरपालिका १ मा निर्माणाधीन बुढिगंगा नदि नियन्त्रण च्ऋऋ पक्की तटबन्धन योजनाको मंगलबार अनुगमन गर्नु भएको छ ।

नगर प्रमुख कुँवर र डिभिजन कार्यालय प्रमुख रेग्मीले योजनाको गुणस्तरीयता र अवस्थाको बारेमा जनप्रतिनिधि, प्राविधिक र पत्रकार सहित नगर प्रमुख कुँवरको नेतृत्वमा निर्माणाधीन योजनाको गुणस्तर भए नभएको बारेमा अनुगमन गरिएको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मार्फत सञ्चालित ५० लाख कुल लागत रहेको योजना जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मार्फत संचालित योजना हो ।

अनुगमन पछि कुराकानी गर्दै नगर प्रमुख कुँवरले केही निर्माणाधीन योजनाको अनुगमन यस भन्दा पहिले पनि पटक पटक हुँदै आएको र काम सन्तोषजनक भएको बताउनुभएको छ । अनुगमनमा सहभागी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख खेमराज रेग्मीले निमार्णाधिन योजनाको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

अनुगमनमा नगर प्रमुख सहित सहित प्राविधिक, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि र प्रत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply