सामाजिक संजालमा लाईभ गर्ने भनिए पछि कार्यपालिका सदस्य अनुपस्थित हुँदा कार्यपालिकाको बैठक बसेनः नगर प्रमुख ढकाल

सामाजिक संजालमा लाईभ गर्ने भनिए पछि कार्यपालिका सदस्य अनुपस्थित हुँदा कार्यपालिकाको बैठक बसेनः नगर प्रमुख ढकाल

कार्यपालिका सदस्यहरु लाई समयमै जानकारी गराउदा पनि वडा अध्यक्ष तथा अन्य कार्यपालिका सदस्यहरुको अनुपस्थितीका कारण बैठक स्थगन नगर प्रमुख ढकालको भनाइ छ ।

“वडा अध्यक्ष बाट बैठक लाईभ गर्ने भए हामी आउदैनौ, भन्ने खालको अपुष्ट खबर आएको छ, त्यस बाहेक मलाई केहि जानकारी छैन्,” नगर प्रमुख ढकाल भन्नुभयो ।
निर्वार्चित भएको १ बर्षको अवधिमा  वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरु संग मिलेर जाने अधिकतम प्रयास गरे पनि सफल नभएको बताउनु भएको छ । आफुले मिलेर जाने कुरामा हदै सम्म लचकता अपनाए पनि कार्यपालिकाको काम कार्वाही प्रती सन्तुष्ट हुन नसकेको बताउनु भएको छ ।

कार्यपालिकाले गरेका निर्णयहरु आम जनताले सहजै जानकारी पाउन भन्ने भन्ने उद्यश्यले बैठकको लाईभ गर्ने कुरा गरेको बताउदै नगर प्रमुख ढकालले निर्धारीत समय बिहान ११ बजे भएको हुदा पनि १२ बज्दा सम्म उपस्थित नभएपछि बैठक बस्न नसकेको उल्लेख गनुभयो ।

“हामीले नगरकार्यपालिका बाट गरेका निर्णयहरु आम नागरिकले जानकारी हुनुपर्दछ, त्यो सुचनाको हक पनि हो, नागरिकलाई सबै कुराको जानकारी हुन आवश्यक हुन्छ, त्यसैले मैले बैठक लाईभ गर्ने गरि बोलाएको हु, तर आउनु भएको छैन्,” उहाले अगाडी थप्नुभयो ।

स्थानिय तहको कार्यपालिकामा बहुमत र अल्पमतको अवधारण नभएको बताउदै उहाँले जनप्रतिनिधीहरु ब्यक्तिगत रुपमा स्वार्र्थी बन्न नहुने उहाँको भनाई छ । मिलेर जानुपर्छ भन्दै १ बर्ष देखि निरन्तर प्रयत्न गरेको स्मरण गर्दै नगर प्रमुख ढकालले कर्मचारीहरुको म्याद थप्ने वा नथप्ने भन्ने बिषयले निकै नै चर्चा पाएको पनि उल्लेख गनुभयो ।

“कार्यपालिकाको बैठकमा छलफल हुदा मतभेद हुनसक्छन्,हामिले मिलेर जानुपर्छ भन्ने मान्यता राख्छु, हामी निर्वार्चित जन प्रतिनिधीहरुले स्वार्थमा केन्द्रित हुनुहुदैन,” नगर प्रमुख ढकालले भन्नुभयो ।

करार कर्मचारीहरुको म्याद थप्ने वा नथप्ने कुरामा मात्रै नगरपालिका अल्झिन नहुने भन्दै उहाले अब यो बिषयलाई टुंग्याउनु पर्नेमा आफु लचिलो रहेको पनि बताउनु भएको छ ।
निर्धारीत समय भन्दा १ घण्टा ढिलो हुदा सम्म पनि वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि शुक्रबारका लागी डाकिएको बैठक स्थगित भएको पनि उहाले बताउनु भयो । काम बिशेषले आफु जिल्ला बाहिर जानुपर्ने भन्दै उहाले अर्को बैठक १५/१६ दिन पछि मात्र बोलाउने पनि नगर प्रमुख ढकालले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *