राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको

राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल गृह मन्त्रालयमै फिर्ता पठाई दिएका छन्।

शुक्रबार उनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा फिर्ता पठाई दिएका हुन्।

‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, रेशम चौधरीको मुद्दासम्बन्धी सर्वाेच्च अदालतको फैसला, सर्वाेच्चद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम गर्न’ भनेर राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको शीतलनिवासले जानकारी दिएको छ।

राष्ट्रपति पौडेलले टीकापुर नरसंहारमा हत्या भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशव बोहराकी पत्नी शारदा बोहराले शीतल निवासमा शुक्रबार नै दर्ता गराएको निवेदन पनि गृह मन्त्रालयमा पठाई दिएको रास्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताएका छन्।

प्रचण्डले राष्ट्रपति पौडेलको काँधमा रेशम चौधरी नामको राजनीतिक बम पड्काउन खोजेको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *