लम्पी स्किन रोगको महामारी फैलिएपछी पशु प्राविधिकको टोलि सहित कृषकको घर आगनमा नगरप्रमुख ढकाल

लम्पी स्किन रोगको महामारी फैलिएपछी पशु प्राविधिकको टोलि सहित कृषकको घर आगनमा नगरप्रमुख ढकाल

पछिल्लो समय गाई गोरु र भैसीमा लाग्ने लम्पी स्किन  रोगले भयावह अवस्था सिर्जना भएको छ । कृषकले खेतीपाती लगाउने समयमै फैलिएको यो प्रकोप बाट कमलबजार नगरपालिकाका पशुपालक कृषक पनि चिन्तामा परेका छन । यसलाई मध्यनजर गर्दै कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले कृषकको घरआगनमै प्राविधिको टोलि लिएर उपचार गराउने कार्य सुरु  गरेकाछन ।  आफु जहिले पनि कमलबजार बासिका हरेक समस्या हरुलाइ निराकरण गर्न त्यहाका जनताको साथमा रहेको समेत नगर प्रमुख ढकालले बताउनुभयो । खेति गर्ने समयमा  माहामारीकै रूपमा  रोग फैलिदा कृषक हरुमा ठूलो बिपद आएकोले उनिहरुलाइ आफ्नो सरकार छ भन्ने महसुस गर्ने गरि राहतका कार्यक्रम ल्याउने बताउनुभयो ।

कमलबजार नगरपालिकाको वडा न ३ बयालामा  संक्रमित विभिन्न कृषकका १सय ५४ गोरु र १ भैसि गरि १सय ५५ गाइ ,भैसीको

उपचार गरिएको कमलबजार नगरपालिका पशु शाखा प्रमुख  देबेन्द्र  शाहले बताउनु भयो । खेतिपातिको समयमा  प्रबिधिको टोलि ल्याएर नगर प्रमुख किसानको घर आगनमा पुगेपछि किसानले धन्यवाद दिएका छन् । खेति गर्ने समयमा  माहामारीकै रूपमा  रोग फैलिदा समेत वडा कार्यालयले भने कुनै चासो  नदेखाएको  किसानहरुले दुखेसो छ ।  लम्पी स्किन संक्रमण भैसकेका गाइ गोरु बाट लम्पी स्किन संक्रमण फैलन सक्ने  भएकोले लम्पी स्किन नभएका गाइ गोरुलाइ अलग राख्न समेत पशु शाखा प्रमुख  शाहिले सुझाब समेत दिनुभएको छ । कृषि शाखा प्रमुख सुनिल कुवर,लगायत पशु सेवा प्राविधिक हरुको संयुक्त टोलिले सेवा दिएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *