टोपबहादुरको बयान– छोरा पक्राउ परेपछि मन बिग्रियो, हतकडी लगाउने डरले सम्पर्कविहीन भएँ

टोपबहादुरको बयान– छोरा पक्राउ परेपछि मन बिग्रियो, हतकडी लगाउने डरले सम्पर्कविहीन भएँ

काठमाडौं । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता टोपबहादुर रायमाझीले आफू बाँकी रहेका पीडित भुटानी शरणार्थीहरूको समस्या दीर्घकालीन रूपमा समाधन हुनुपर्ने पक्षमा रहेको बताएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीले सरकारी वकिलको कार्यालयमा प्रहरीले लिएको बयानमा क्रममा गैरभुटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यले नेपालको अन्तर्राष्ट्रिय छविमा अपमान हुने बताएका छन् ।

“यो विषयमा पहिलादेखि नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छ । बाँकी रहेका पीडित भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्याको समाधन हुनु पर्दछ भन्ने मेरो धारणा रहिआएको छ । गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यले नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुन्छ भन्ने मलाई लाग्छ,” बयानमा उनले भनेका छन् ।

रायमाझीले आफूलाई पक्राउ गर्न प्रहरीले हतकडी लगाउने ‘डर’ले आफू सम्पर्कविहीन बनेको पनि बताएका छन् । साथै आफू प्रहरीको सम्पर्कमा आउने तयारीमा रहेको उनको दाबी छ ।

“मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकाले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकाले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ । सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ । कदम रोकिएको मात्र हो, आफैँ सम्पर्कमा आउने क्रममा थिएँ,” उनले भनेका छन् ।

baahrakhari.com बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *