अछाममा मुटुरोग सम्बन्धी निःशुल्क शिविर हुने

अछाममा मुटुरोग सम्बन्धी निःशुल्क शिविर हुने

अछाम- अछाममा मुटुरोग सम्बन्धी निःशुल्क विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ।

जिल्ला अस्पताल मंगलसेनमा मुटुरोग सम्बन्धी २ दिने निःशुल्क विशेषज्ञ शिविर सञ्चालन हुने भएको हो।

शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, इसिजी, ईको तथा रक्त परीक्षण हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

सहिद गंगालाल हृदयरोग केन्द्र र स्वास्थ्य कार्यालयको आयोजना तथा जिल्ला अस्पताल अछामको सहयोगमा शिविर हुन लागेको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए।

शिविर यहि बैसाख ३० र ३१ गते सञ्चालन हुने भएकाले मुटु रोग सम्बन्धी समस्या भएकाहरुलाई सेवा लिन उनले आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *