प्रदेशका योजना खरिदबिक्री गर्ने पुरानो रोग अन्त्य हुन्छ : मन्त्री देउवा

प्रदेशका योजना खरिदबिक्री गर्ने पुरानो रोग अन्त्य हुन्छ : मन्त्री देउवा

अछाम: सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री प्रकाश देउवाले प्रदेशका योजनामा हुने मनपरी अन्त्य गर्ने बताएका छन् ।

अछामका विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै शुक्रवार पञ्चदेवल विनायक नगरपालिका पुगेका मन्त्री देउवाले पूर्व सरकारको कार्यकालमा विकासे योजनाको चरम लापर्बाही हुने गरेको पुरानै रोग भएकाले त्यसलाई अन्त्य गर्न वर्तमान सरकार कटिबद्ध भएर लाग्ने विश्वास दिलाएका छन् ।

वडा तथा पालिकाहरु संग समन्वय बिनै सुदूरपश्चिम प्रदेशबाट पावर र पहुँचको आधारमा व्यक्तिप्रधान योजना विनियोजन हुने गरेको भन्दै पुर्व सरकार आलोचित भएको स्मरण गर्दै उनले भने, ‘वर्तमान सरकारद्धारा विनियोजित योजनाहरुमा प्रत्यक्ष निग्रानी राखी गुणस्तरीय तथा पारदर्शीताका साथ जनताले महसुस हुने गरि विकास निर्माण गरिने छ’।

फरक प्रसंगमा बोल्दै मन्त्री देउवाले चुनाव पछि जसरी जनप्रतिनिधिहरुको जीवनशैली फेरिन्छ त्यसैगरी सम्पुर्ण सर्वसाधारण मतदाताको जीवनस्तर फेरिनु पर्ने उनको तर्क छ । धौगोलिक दृष्टिबाट पूर्वाधारको विकास गर्न असम्भव भएका ठाउँहरुको विकास र ग्रामिण दूरदराजका नागरिकले प्रत्यक्ष लाभ लिने गरी विकासका कार्ययोजना बनाउन वर्तमान सरकार लागिपरेको मन्त्री देउवाले बताए ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुईकामा ३६ लाखको लागतमा सम्पन्न नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *