मुख्यमन्त्री शाहद्वारा पञ्चदेवल १ कुइकाकाे वडा कार्यालय उद्घाटन

मुख्यमन्त्री शाहद्वारा पञ्चदेवल १ कुइकाकाे वडा कार्यालय उद्घाटन

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुईकाकाे वडा कार्यालयकाे नवनिर्मित भवनको उदघाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका हुन् ।

शुक्रबार एक कार्यक्रमका बिच मुख्य मन्त्री शाहले उद्घाटन गरे । उद्घाटन समारोहका प्रमुख अतिथि रहेका शाहले प्रदेशका विकास आयाेजनाहरु सहि तथा पारदर्शीताका साथ कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

विकासे याेजनाहरु गुणस्तरीय र पारदर्शी रुपमा सम्पन्न गर्न तीन वटै तहका सरकारले समन्वय र सहकार्य गर्न आवश्यक रहेको उनको भनाई छ ।

आफ्नो कार्यकालकाे अवधिभर शिक्षा,स्वास्थ्य ,कृषि,यातायात र पर्यटन विकासका लागि जाेड दिने रणनीति रहेको मुख्यमन्त्री शाहले उल्लेख गरे ।

वडा कार्यालयकाे उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका भाैतिक पुर्वाधार तथा विकास मन्त्री प्रकाश देउवा र पुर्व सुचना तथा संचार राज्य मन्त्री गाेविन्द शाह बिशिस्ट अतिथि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *