सुदूरपश्चिमका मुख्यमन्त्री र भौतिक मन्त्री सहितको टोलिद्वारा पर्यटकीय स्थल रामारोशनको अवलोकन

सुदूरपश्चिमका मुख्यमन्त्री र भौतिक मन्त्री सहितको टोलिद्वारा पर्यटकीय स्थल रामारोशनको अवलोकन

अछाम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अछाममा रहेको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रमा पुगेर अवलोकन गरेका छन्।

उनले रामारोशनमा रहेको पर्यटकीय क्षेत्र बाटुले ताल, जिङले ताल र रोशन चउरको स्थलगत अवलोकन गरे। साथमा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा , सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बहादुर साउँद, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गोबिन्द बहादुर शाह,रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँद जनप्रतिनिधि, नेपाल प्रेस युनियन सुदुरपश्चिम् प्रदेश कार्यसमिति सभापति मनमोहन स्वार, लगायत कर्मचारी, स्थानीयहरूको सहभागीता रहेको थियो। रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो।

बाह्र बण्ड, अठार खण्डका नामले चिनिने रामारोशन पर्यटकीय सम्भावना बोकेको ठाउँ हो। प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो। स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार गठन भइसकेपछि पर्यटन क्षेत्रको विकासका लागि ठोस निति ल्याउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताए।

पर्यटन क्षेत्रको विकास गर्न सकेमा समग्र क्षेत्रको विकास हुने र पर्यटन क्षेत्रले आर्थिक सम्वृद्विमा महत्त्वपूर्ण टेवा पुग्नेमा जोड दिए। सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा संभव भएसम्म सरकार आफैं पुगेर बुझ्ने र निति निर्माण गरेर अगाडि बढ्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *