प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा तल राखिनु संविधानविपरीत : कोइराला

प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा तल राखिनु संविधानविपरीत : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मर्यादाक्रममा प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्षभन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधानविपरीत रहेको बताएका छन् ।

मंगलबार फेसबुकमा स्टाटस लेख्दै कोइरालाले प्रधानन्यायाधीशलाई संविधानले नै मर्यादाक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथि रहने व्यवस्था गरेको उल्लेख गरेका छन् ।

‘संविधानको धारा २८४ ले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथि मर्यादाक्रममा राखेको छ । अन्य लोकतान्त्रिक मुलुकहरूमा पनि प्रधानन्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ,’ उनले लेखेका छन्, ‘स्मरण रहोस् संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समितिअन्तर्गत राख्ने प्रस्ताव राखेको थियो । तर, कांग्रेसले शक्तिपृथकीकरणको सिद्धान्त विपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरुप भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *