बयालपाटा अस्पतालको सेवालाई दिर्घकालिन बनाउन पहल गर्छु : मुख्य मन्त्री शाह

बयालपाटा अस्पतालको सेवालाई दिर्घकालिन बनाउन पहल गर्छु : मुख्य मन्त्री शाह

अछाम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बयालपाटा अस्पतालको बिषयमा आफु चिन्तित रहेको बताएका छन् ।

मुख्य मन्त्री निर्वाचित भएपछि पहिलो पटक अछाम पुगेका शाहले बयालपाटा अस्पतालको निरिक्षण गर्दै अस्पतालको सेवा निरिन्तर रहिरहोस् भन्नेमा आफुहरु रहेको बताएका हुन् ।

बयालपाटा अस्पतालले दिईरहेको निशुल्क गुणस्तरिय स्वास्थ्य सेवालाई थप राम्रो, प्रभावकारी र दिर्घकालिन कसरी बनाउन सकिन्छ भन्ने सोचका साथ आफुहरु अघि बढ्ने बताए ।

बयालपाटा अस्पतालमा देखिएको बजेट अभाव लगायतका अन्य बिषयको समाधान गर्न सबै लागौँ मुख्य मन्त्री शाहले भने त्यसका लागि छलफल गर्न जरुरी छ, प्रदेश सरकार पनि त्यहि किसिमले अघि बढ्छ ।

बयालपाटा अस्पतालको संरचना लगायत अस्पतालले प्रदान गर्ने सेवा देखेर आफु प्रभावित भएको भन्दै शाहले अस्पतालको सेवालाई दिर्घकालिन बनाउन आफुले पहल गर्ने बताए ।

अस्पताल निरिक्षण भ्रमणमा मुख्य मन्त्री शाह संगै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, प्रदेश सभा सदस्य मेघराज खड्का, पूर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोबिन्द बहादुर शाह, पूर्व जिविस सभापति भरत कुमार स्वाँर लगायतका जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *