सुप मातहतका बैतडीका ३ क्याम्पसमा नेविसंघको क्लीन स्विप

सुप मातहतका बैतडीका ३ क्याम्पसमा नेविसंघको क्लीन स्विप

बैतडी : सुदूरपश्चिम विश्व विद्यालय मातहतका बैतडीका ३ क्याम्पसमा नेविसंघ विजयी भएको छ। बुधबार भएको स्ववियु चुनावामा सुप विश्वविद्यालय मातहतका ३ वटै क्याम्पसमा जीत निकाल्दै क्लीन स्वीप गरेको हो। 

मणिलेक क्याम्पस मेलौली, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी र पाटन बहुमुखी क्याम्पस पाटनमा कांग्रेस निकट नेविसंघ विजयी भएको हो। मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघको प्यानलै विजयी भएको छ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो। सभापतिमा नेविसंघका नवराज भट्ट विजयी भएका छन्। उनले ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गरे।

सचिवमा नेवि संघका निरज भट्ट वियजी भए। कोषाध्यक्षमा पनि नेवि संघकै सुशीला नेगी विजयी भइन्। सदस्यमा नेवि संघकै पूजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए।

त्यसैगरी जगन्नाथ बहुमुखी क्याम्पसमा नेवि संघका धनी भट्ट विजयी भए। उनले १२० मत ल्याए। उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै ल्याए।
सचिवमा नेविसंघकै किशोरराज पन्त (११८), कोषाध्यक्षमा ममता भट्ट (११०), सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भइन्।

पाटन बहुमुखी क्याम्पसमा नेवी संघकी भागरथी भट्ट विजयी भएकी छन्। अखिल क्रान्तिकारी र नेविसंघको सयुक्त गठबन्धनकी साझा उम्मेदवार समेत रहेकी भागरथी भट्ट विजयी भएकी हुन्। उनले ८९ मत ल्याइन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत ल्याए। स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *