किन हुदैंछ चतुरबहादुर चन्दको चौतर्फी प्रशंसा ?

किन हुदैंछ चतुरबहादुर चन्दको चौतर्फी प्रशंसा ?

बेला बेला आलोचना र प्रशंसा खेपिरहनेपात्र हुन् क्यान अध्यक्ष चतुरबहादुर चन्द । तत्कालिन समयमा क्रिकेट परम्परागत स्वरुपमै खेलिने भएपनि नेपालको ग्रामीण भेगमा जन्मेका चन्द क्रिकेट भनेपछि सानैदेखि स्कुल देखि महत्वपूर्ण चाडपर्व समेत छोडेर क्रिकेट खेल्न र खेलाउनमै अभ्यस्त हुन्थे । देशमै क्रिकेटका पूर्बाधारहरु बन्न पहल समेत नभएको अबस्थामा उनी लिगहरु संचालनमा अभ्यस्त हुन्थे । उनको त्यो लगनशीलता र निरन्तरताको प्रयासले क्यान जस्तो महत्वपूर्ण निकायको अध्यक्ष बनायो । अहिले त उनको ब्यस्तता बढ्ने नै भयो ।

उनै चन्दले नेपाली भोलीको खेलमा छनोट भएमा भारत पाकिस्तान जस्ता राष्ट्रसँग आफुहरु मैत्रीपूर्ण खेल खेलाउन तयार रहेको र सरकारलेृ हातेमालो गरिदिए जुनसुकै बेला यो सम्भव रहेको उनी बताउँछन् ।

किन हुदैंछ प्रशंसा ?

सन्दीप लामिछाने नेपाली क्रिकेट टीमको ब्याकबोन हुन् भन्ने उनले नजिकैबाट बुझ्न पााएका छन् । बिदेशमा जादाँ नेपाललाई सन्दीप लामिछानेको देशको मान्छे भनेर प्रतिनिधित्व गर्न पाउँदा गर्व लाग्ने चन्द बताउँदै आएका छन् । उनको टीमले सन्दीपलाई मैदानमा फर्काउन अहोरात्र प्रयास गर्यो र सफलता प्राप्त पनि गर्यो र साथमा नतिजा पनि । नेपाली क्रिकेट खेलाडीहरु पलायन हुनु नौलो कुरा थिएन् ।समाचारमा स्थान समेत पाउँदैनथे पलायन भएका प्रतिभावान खेलाडीहरु । उनै चन्द आएपछि नेपालमा क्रिकेटले नयाँ गति लियो । लिगहरुका माध्यमबाट नेपाली खेलाडीहरुले नाम मात्र होईन राम्रै दाम पनि कमाउन थालेका छन् । नेपालमै अन्तर्राष्ट्रिय स्तरका लिगहरुहुन थालेका छन् । यसलाइ अझै क्यापकता प्रदान गरेर खेलाडीहरुको आयस्रोतका आधार बलियो बनाउने चन्दको योजना छ । नेपाली राष्टि
्रय टीममा नपर्दैमा कसैले चिन्तित नहुनुपर्ने र निरन्तर मिहिनेत गरिरहन र आयआर्जनका लागी क्यानले सहायता दिने उनी बताउँछन् ।

सिंगोटीमको बलियो प्रदर्शन,लगनशील क्यान, उर्जावान कोच र हजारौं दर्शकको मायाँले नेपाली क्रिकेटले नयाँ उचाई लिन लागेको उनै अध्यक्ष सुनाउँछन् । भोलीको खेल जिते नेपाल बिश्वकप जितिसकेका देशहरुसँग खेल्ने र बिश्वकपमा आफुलाई प्रबेश गराउने ढोका खोल्ने आधार तय गर्नेछ ।

Leave a Reply