नेविसंघको उत्साहजनक मनोनयन,नेविसंघ भन्छ जित निश्चित छ

नेविसंघको उत्साहजनक मनोनयन,नेविसंघ भन्छ जित निश्चित छ

महाराजगन्ज नर्सिङ क्याम्पसमा ने वि संघले मनोनयन गरेको छ। क्याम्पस समितिले विभिन्न पदमा उम्मेदवारी दिएको छ।
महाराजगन्ज नर्सिङ क्याम्पसको उन्नती समृद्धि र परिवर्तनको निम्ति नेविसंघको तर्फ बाट स्ववियु निर्वाचनमा अध्यक्ष पदमा धनुष विश्वकर्मा सचिव- विशाल केशरी,कोषाध्यक्ष- स्मृति श्रेष्ठ
सदस्यहरुमा सरिता शाह ,रिश्ता कार्की, जोसिका कंडेल, रक्षा ढुंगाना
संगीता न्यौपाने रहेका छन् ।
समानुपातिक तर्फ
परिशा पौडेल,रन्जित कुमार शाह,शोभा शर्मा,सृष्टि सापकोटा,मङ्ग ल्होमु शेर्पा,संगीता शर्मा,निकिता काफ्ले,राधिका शर्मा,सुमन कुमार यादव,प्रेना थापा रहेकाछन
बिद्यार्थीका शैक्षिक गुणस्तर र महाराजगन्ज नर्सिङका विभिन्न समस्यामा केन्द्रित भएर बिद्यार्थी हकहित अधिकारका निम्ति बुलन्द प्रभावकारी पहल र कार्यान्वयन गरिने सभापतिका उम्मेदवारी धनुष विश्वकर्माले बताईन।
हामी ने वि संघबाट मनोनयन गर्यौ लामो समय देखि क्याम्पसमा अरु संगठनले जित्दै आए तर सुधार भएन, अब पालो काम गर्ने को हो त्यसैले हामीले निर्वाचन जित्ने निश्चित छ, हामी सवै बिद्यार्थीका साझा हुनेछौं र समग्र विद्यार्थीको लागी काम गर्ने प्रतिबद्धता जनाउछौ सभापति उम्मेदवारले भनिन् ।
त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्देशिका अनुसार नर्सिङ क्याम्पस समितिमा समानुपातिक सहित १५ सदस्यीय ब्यवस्था रहेकोे छ।
विश्वविद्यालय अन्तरगतको अर्को महाराजगन्ज चिकित्सा क्याम्पसमा अबिशिखा न्यौपानेले उम्मेदवारी दर्ता गरेकी छन। ऊनी आई ओ एममा चिकित्सा क्याम्पसमा लामो समयपछि महिला उम्मेदवार हुन् । उनको पक्षमा माहोल भएकाले उनि बलियो उम्मेदवार भएकाले जित्ने जित्न सकिने भएको एक विद्यार्थी प्रतिनिधि बताउँछन।
नेपाल विद्यार्थी संघले ने वि संघका तर्फबाट केन्द्रिय प्रतिनिधि केन्द्रिय नेता विनोद शाही ठकुरी, नरेश भट्ट र सुमित बोहरा खटाएको छ।

स्ववियु निर्वाचनमा देशैभरका क्याम्पसमा मनोनयन भईरहेको छ। आगामी चैत ५ गते चुनाव गर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *