अछाममा नेविसंघका कार्यवाहक अध्यक्ष उमेश कुवँरकाे नेतृत्वमा नेविसंघको समानन्तर समिति गठन

अछाममा नेविसंघका कार्यवाहक अध्यक्ष उमेश कुवँरकाे नेतृत्वमा नेविसंघको समानन्तर समिति गठन

अछाममा नेपाल विद्यार्थी संघको समानन्तर समिति गठन भएको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले खेमराज खड्कालाई मनोनयन गरेपछि रुष्ट भएका नेपाल विद्यार्थी संघ अछामका नेता हरुको एक भेलाले उमेश कुवरलाई सभापति चयन गरेको हो ।

केन्द्रीय अध्यक्ष शेर्पाले खड्कालाई सभापतिमा चयन गर्दै ३ महिना भित्र जिल्ला अधिबेशन गर्ने जिम्मेवारी दिएका थिए ।

केन्द्रीय अध्यक्षको मनोनयन अस्वीकार गर्दै विद्यार्थी नेताहरुको भेलाले नेपाल विद्यार्थी संघ अछामका कार्यवाहक अध्यक्ष उमेश कुवरलाई सभापतिमा सर्वसम्मत चयन गरेको बताइएको छ ।

नेविसंघ केन्द्रिय समितिले एक पक्षीय ढंगले सभापति चयन गरेको भन्दै अछाममा विद्यार्थी नेताहरु आक्रोशित बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *