बालुवाटार बैठक : राष्ट्रपति कांग्रेसले लिने सहमति

बालुवाटार बैठक : राष्ट्रपति कांग्रेसले लिने सहमति

१२ फागुन, काठमाडौं । बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । ‘राष्ट्रपति कांग्रेसले लिने सहमति भएको छ,’ स्रोतले भन्यो ।बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो । यो संगै राष्ट्रपति काङ्ग्रेसको तर्फबाट रामचन्द्र पौडेल पक्का भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *