सांसद पाण्डेको आरोप- ओलीले सरकारमाथि नै धावा बोले

सांसद पाण्डेको आरोप- ओलीले सरकारमाथि नै धावा बोले

कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको बताएका हुन्।

सांसद पाण्डेले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरित हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।

संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरेपनि ओलीले आफूलाई माथि छु भन्ने ठानेको उनको भनाइ थियो।

उनले भने, ‘स्पष्ट छ, प्रधानमन्त्रीभन्दा ठूलो कार्यपालिकामा कोही हुन सक्दैन  हाम्रो संविधानअनुसार । कार्यपालिकाभन्दा माथि छु कि भन्ने ढंगले कार्यपालिकामाथि धावा बोल्ने काम एकातिर भयो भने अर्को हिजो प्रतिनिधिसभा विघटन गर्ने कुरा असंवैधानिक थियो भनेर हामीले भन्यौ। अदालते  भन्यो। दुईदुई पटक अदालतले भन्यो। अदालतको भनेको विषयलाई पनि अन्तका नजिरहरु देखाएर, अन्तका दृष्टान्तहरु देखाएर हाम्रो संविधानमाथि जसरी धावा बोल्ने काम भयो।’

सांसद पाण्डेले प्रतिनिधिसभाको उपसभामुख पद प्रतिपक्षलाई दिन उपयुक्त हुने धारणा समेत राख्नु भयो। काांग्रेसले प्रतिपक्ष दलहरुको तर्फबाट सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको छ।

Leave a Reply