अवैध क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालय अछामको निर्देशन

अवैध क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालय अछामको निर्देशन

अछाम:अवैध क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालय अछामले निर्देशन दिएको छ।

आईतवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय अछामले प्रचलित कानून र मापदण्ड विपरीत दर्ता नगरी तथा नवीकरण नगरी सञ्चालन गरेका अबैध क्रसर बन्द गर्न निर्देशन दिएको छ।

प्रशासनले अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर हाल उक्त प्रयोजन र आयोजना समाप्ति पश्चात पनि सञ्चालनमै रहेका क्रसर उद्योगहरु तत्काल बन्द गर्न समेत निर्देशन दिएको हो ।

यस्तै कानून र मापदण्ड बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई सम्बन्धित कागजातहरु जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने समेत निर्देशन गरेको छ। केहि दिन अधि गृह मन्त्रालयले अबैध क्रसर बन्द गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो।अछाम जिल्लामा ७ वटा अस्थायी तथा आयोजनाका क्रसर उधोग रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *