देश,संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउन जरुरी रहेको प्रतिनिधि सभा सदस्य उम्मेदवार शाह

देश,संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउन जरुरी रहेको प्रतिनिधि सभा सदस्य उम्मेदवार शाह

कात्तिक  ६ अछाम ।
सत्ता गठबन्धन अछामको घर दैलो अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम ढकारी गाउँपालिका वडा नम्बर ५ बलातामा  सम्पन्न भएको छ ।

कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाह, प्रदेश सभा सदस्य पदका उम्मेदवार मानबहादुर रावल ,प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार नेपाली काङ्ग्रेसका धनबहादुर बुढा , नेकपा माओवादीको तर्फबाट प्रदेश सभा (ख) समानुपातिक उम्मेदवार मोतिकला  चलाउनेको उपस्तिथि रहेकोे थियो ।

घर दैलो अभियानमा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाहले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताउनुभयो । दुई तिहाइ सरकारको नेतृत्व गरेका केपी शर्मा वलि बाट देश ,संविधान र लोकतन्त्र खतरामा परेकोले त्यसका विरुद्ध अहिलेको गठवन्धन भएको बताए । गठबन्धनका उम्मेदवार लाइ जिताउने जिम्मेवारी हामी सबैको काधमा आएकोले सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

त्यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार मानबहादुर रावलले
दुई तिहाइ बहुमतको सरकार लाइ ध्वस्त पार्ने केपी वलिले जनताको माझ भोट माग्न आउनु लज्जास्पद भएको बताए । केपी वलिले जनताले दिएको मत लाइ अवमूल्यन गरेकोले गठबन्धन
व्याक्तिगत स्वार्थका लागि  नभइ राष्ट्र र राष्ट्रियताकाे लागी भएको बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेस अछामका  जिल्ला सदस्य द्वारिका उपाध्याय ,एकीकृत समाजवादीका नेता ,नवराज साउद ,देउकला चलाउने ,नेपाली काङ्ग्रेसका नेता राम प्रसाद भाट,नेकपा माओवादीका लालबहादुर साउद, नेपाल विद्यार्थी संघका धुर्व खड्का
लगायतको उपस्तिथि रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *