कार्तिक ५ गतेभित्र हातहतियार बुझाउन जिल्ला प्रशासन अछामको निर्देशन

कार्तिक ५ गतेभित्र हातहतियार बुझाउन  जिल्ला प्रशासन अछामको निर्देशन

सुशील भण्डारी अछाम  : जिल्ला प्रशासन कार्यालय अछामले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न विश्वासनीय सुरक्षा व्यवस्थापन गरी भयरिहत वातावरण सृजना गर्न अपरिहार्य भएको भन्दै जिल्ला भित्र रहेका ईजाजत प्राप्त हातहतियारहरु २०७९ कार्तिक ५ गतेभित्र नजिकैको प्रहरी ईकाइमा बुझाउन अनुरोध गरेको हो ।
यो बारेमा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेले प्रक्रिया पुराएर प्रशाशन लाई बुझाईएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचनपछि हतियार धनीलाई नै फिर्ता गरिने बताउनुभयो ।
त्यस्तै उहाँले कसैले बिना इजाजतका भरुवा तथा एयर गन बन्दुक राखेको भए पनि स्वस्फूर्त रुपमा तोकिएको समयावधि भित्र प्रहरी इकाइहरुमा नबुझाई अटेर गरी बसेको पाईएमा त्यस्ता व्यक्तिहरुको हातहतियारहरु खोजतलास गरी कानुन बमोजिम कारबाही अगाडी बढाईने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *