कांग्रेसका लागि आजको दिन महत्वपूर्ण, देउवालाई ५ बजेसम्मको अल्टिमेटम

कांग्रेसका लागि आजको दिन महत्वपूर्ण, देउवालाई ५ बजेसम्मको अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची सच्याउन आज साँझसम्मको समय पाएको छ । निर्वाचन आयोगले यसअघि कांग्रेसले बुझाएको प्रदेश र प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची सच्याउन असोज १४ गते साँझ ५ बजेसम्मको समय कांग्रेसलाई दिएको छ ।

उता समानुपातिक सूचीमा संस्थापन पक्षले मनोमानी गरेको आरोप लगाएर आन्दोलित बनेका संस्थापन इतर पक्षका नेताहरुले पनि आज साँझसम्म सूची सच्याउन सभापति शेरबहादुर देउवालाई अल्टिमेटम दिएका छन् । खबरदारी सभा, धर्ना र चियापान कार्यक्रम गरेको इतर समूहले न्यायोचित निर्णय नभए कठोर निर्णय लिने चेतावनी दिएका छन् । सो समूहका केही नेताहरु समानुपातिकको सूची सच्याउने र प्रत्यक्षतर्फ सम्मानजनक सीट बाँडफाँट गर्ने काम नभए व्रिदोह गर्नुपर्ने पक्षमा छन् ।

‘पार्टी नेतृत्वलाई आज साँझसम्म कुर्छौ । विगतको गलत निर्णय सच्याउने र आगामि दिनमा सबैलाई न्याय हुनेगरी अगाडि बढ्ने कुरो भयो भने ठिकै छ । नत्र ५ बजेपछि कठोर निर्णय लिन्छौं’, इतर समूहका एक नेताले भने । पार्टीको आन्तरिक राजनीति पेचिलो बन्दै गएका कारण कांग्रेसको लागि आजको दिन महत्वपूर्ण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *