एमालेमा १० भाईलाई टिकट पाउन सकस, आत्म आलोचना गरेर मात्रै ओलिले टिकट दिने

एमालेमा १० भाईलाई टिकट पाउन सकस, आत्म आलोचना गरेर मात्रै ओलिले टिकट दिने

पत्रपत्रिका :नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ ।

तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेतासँग ओलीले आन्तरिक छलफलमा छन् ।

आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आएका छन् ।

एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका छन् । तर, अध्यक्ष ओलीले विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा विरोधमा रहेकाले आत्मालोचनाबिना आगामी निर्वाचनमा टिकट नदिने अडानमा छन् ।

एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले पार्टीको नीति, निर्देशन, विधान सबैले पालना गर्नुपर्ने बताए ।

यदि कोही कसैबाट उल्लंघन भएमा त्यो अनुशासनको विषय हुने बताउँदै आत्मालोचना गर्दै आगाडि बढ्नुपर्ने कम्युनिस्ट पार्टीको संस्कार रहेको बताए ।

यो समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *