कांग्रेसमा विद्राेहकाे निर्णायक तयारी, न्यायाेचित निर्णय नभए देशभर स्वतन्त्र उम्मेदवारी

कांग्रेसमा विद्राेहकाे निर्णायक तयारी, न्यायाेचित निर्णय नभए देशभर स्वतन्त्र उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसकाे संस्थापनइतर समूहले आसन्न निर्वाचनकाे टिकट वितरणमा सम्मानजनक र न्यायाेचित निर्णयका लागि “निर्णायक धक्का” दिने तयारी गरेकाे छ ।

संस्थापन पक्षविरुद्ध निरन्तर दवाव बढाउँदै लगेकाे साे समूहका दाेस्राे तहका नेताहरुले टिकट वितरण न्यायाेचित र सम्मानजनक नभए समूहका कसैले पनि चुनाव नलड्ने निर्णय गर्न आन्तरिक दवाव बढाएका छन् । समानुपातिक सूचीमा संस्थापन पक्षले एकलाैटी गरेकाे भन्दै सूची सच्याउन माग गरेका नेताहरुले संस्थापन पक्षले गल्ती नसच्याए विद्राेह गर्ने तयारी थालेका छन् ।

संस्थापन इतर समूहका केही शीर्ष नेताहरुले संस्थापन पक्षले सम्मानजनक व्यवहार नगरे आफू पनि चुनाव नलड्ने प्रतिवद्धता जनाएका छन् । “यदी न्यायाेचित निर्णय नहुने हाे भने हामीले पाएकाे टिकट पनि बहिस्कार गर्छाै भनेर शीर्ष नेताहरुले नै भन्नुभएकाे छ। १४ गतेसम्म समय माग्नुभएकाे छ । त्यतिन्जेल विषय नमिले देशभर विद्राेह हुन्छ “, संस्थापन इतर समूहका एक नेताले भने । ती नेताका अनुसार गठबन्धनको बलमा पेलेर जाने तयारी भए गठबन्धन दल र कांग्रेसकाे संस्थापन पक्षका शीर्ष नेताविरुद्ध देशैभरी स्वतन्त्र उम्मेदवारी दर्ताका लागि अधिकांश नेताहरु तयार भएका छन् । “हेर्दै जानुहाेला, हामीलाई कमजाेर आँक्ने काम भयाे भने देशभर विद्रोह हुन्छ । कांग्रेसकाे झण्डा बाेकेर स्वतन्त्र उम्मेदवारी दिन्छाै” , ती नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *