अछामका बाढी पहिरो पिडितलाई सुदूरपश्चिम प्रदेश सरकारको १३ लाख बढी आर्थिक सहयोग

अछामका बाढी पहिरो पिडितलाई सुदूरपश्चिम प्रदेश सरकारको १३ लाख बढी आर्थिक सहयोग

अछाम : सुदूरपश्चिम प्रदेश सरकारले अछाम जिल्लाका बाढी पहिरो पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । प्रदेश सरकारले जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाँउपालिकाका बाढी पहिरोबाट मृत्यु भएका परिवार र आफन्तलाई आर्थिक सहयोग गरेको हो ।

प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलल सहितको टोलीले बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन सहित पिडित परिवारलाई आर्थिक सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए ।

प्रदेश सरकारले एक जना मृत्यु भएका परिवारका लागि राहत स्वरुप १ लाख र क्रिया खर्च २० हजार गरेर २ परिवारका लागि २ लाख ४० हजार र २ जना भन्दा बढी मृत्यु भएका परिवारका लागि २ लाख राहत र २० हजार क्रिया खर्च गरेर हजार ५ परिवारका ११ लाख रकम हस्तान्त्ररण गरिएको प्रजिअ मरासेनीले बताए ।

अछाम जिल्लामा पहिरोल धेरै क्षति पुगाएको भन्दै राहत बितरण गर्न पुगेका मख्यमन्त्री त्रिलोचन भट्टले यसलाई चाडै पुर्नस्थापनका गरिने बताए । अहिले बाटाघाट सबै बन्द भएकाले राहत सामग्री पनि प्रभावित क्षेत्र पुगाउन नसकेको बताउदै मुख्यमन्त्री भट्टले सडक सञ्जाल मर्मत गरेर सामग्री बनाउने पठाउने बताए ।

पहिलो चरणमा प्रारम्भीक रुपमा सुदूरपश्चिम सरकारले राहत लिएर आईपुगेको बताउदै पहिरो पिडितका लागि थप राहतको प्याकेज ल्याउने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. राणबहादुर रावलले बताए । बिपतका समयमा एकअर्कालाई सहयोग भावना देखाउदै सबैले पिडामा महलम लगाउन हातेमाले गर्नुपर्ने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *