फोटोपत्रकारिता अवार्डमा बैतडीका तीन पत्रकार पर्न सफल

फोटोपत्रकारिता अवार्डमा बैतडीका तीन पत्रकार पर्न सफल

बैतडी, ३ असोज: रााष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ मनोनयनमा बैतडीका ३ पत्रकार पर्न सफल भएका छन् । नेपाल फोटो पत्रकार समूहले स्थापनाको २५औं वर्षगाँठको अवसरमा देशभरका संचारमाध्यमहरुमा कार्यरत फोटोपत्रकारहरुको उत्कृष्ट सूचि सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचिअनुसार मनोनयनको उत्कृष्ट ५ भित्र पर्नेमा राष्ट्रिय समाचार समिति राससका बैतडी समाचारदाता विनोद सिंह विष्ट,अन्नपूर्ण पोष्ट समाचारदाता कृष्ण विष्ट र हिमालयन टाइम्सका समाचारदाता डम्बरबाबु बोहरा रहेका छन् । सुदूरपश्चिम प्रदेशबाट छनौट भएका ५ जनामध्ये बैतडीका ३ जना परेका हुन् । यस्तै कैलालीका गोरखापत्र समाचारदाता अभिनास चौधरी र कञ्चनपुरका रासस समाचारदाता महादेव अवस्थी पनि उत्कृष्ट ५ मा अटाएका हुन् ।
केही समयअघि समूहले आवेदन खुल्ला गरि विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरेको थियो । १४ विधामा वर्ष उत्कृष्ट फोटोपत्रकारको विधागत ५ जना मनोनयनमा पर्न सफल भएका नेपाल फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिनुभयो ।
मनोनयनमा पर्ने उत्कृष्ट ५ मध्येवाट प्रत्येक विधामा १ जनालाई उत्कृष्ट फोटोपत्रकारिता अवार्ड २०२२ वाट यही २०७९ साल असोज ६ गते सस्थाको २५ औं वार्षिकोत्सव समारोह आयोजना गरी अवार्ड वितरण गरिनेछ ।
फोटोपत्रकारितालाइ जीवनभर पेशाको रुपमा अंङगालेर हाल निवृत्त जीवन व्यतिथ गरिरहेका अग्रज सस्थापक सदस्यहरुलगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान गर्न लागिएको नेपाल फोटो पत्रकार समूहले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *